अपडेट 
२०७९ पुष ३०, शनिबार ०८:१८

नेकपा माओवादी मधेश प्रदेश संसदीय दलको नेतामा भरत साह निर्वाचित भएका छन् ।

महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ को ‘ख’ बाट निर्वाचित उनी शुक्रबार चार मत ल्याएर दलको नेतामा निर्वाचित भएका छन् । उनी यसअघि पनि संसदीय दलको नेता थिए । सरकारमा सहभागी हुँदा साह गृह तथा सञ्चार मन्त्रालयको जिम्मेवारी सम्भालेका थिए । उनी पुनः मन्त्री बन्ने सम्भावना बलियो भएको छ । सर्व सहमतिमा दलको नेता चयन नभएपछि निर्वाचन प्रक्रियाद्वारा टुँगो लगाइएको थियो । चुनावमा सात सांसदले मतदान गरेका थिए । साहले चार मत पाएका थिए भने अर्का दाबेदार युवराज भट्टराईले तीन मत मात्रै प्राप्त गरेका थिए । मधेश प्रदेशमा माओवादीको आठ सांसद निर्वाचित छन् । तर सर्लाही निर्वाचन क्षेत्र ३ को ‘ क’बाट र्निवाचित भएका स्वतन्त्र सांसद जवाहरलाल कुशवाहा पनि माओवादीमा प्रवेश गरेका छन् । अब मधेशमा माओवादीको ९ सांसद छन् । उनको दुई समानुपातिक सांसदमाथि सर्वोच्च अदालतमा रिट परेको कारण सपथ ग्रहण रोकिनुको साथै दलको नेतामा पनि मतदान गर्न पाएनन् । अन्य पदाधिकारी पछि छनोट गरिने बताइएको छ ।

Comment


Related News

Latest News

Trending News