अपडेट 
२०७९ पुष ३०, शनिबार ०८:२१

मधेश प्रदेशका नव नियुक्त मन्त्री वसन्त कुशवाहाले शहीद परिवारलाई सम्मान गरेर काम सुरु गरेका छन् ।

शुक्रबार सपथ ग्रहण गरेका जनमत पार्टीका मन्त्री कुशवाहाले मधेश आन्दोलनका शहीद ब्रह्मदेव ठाकुरको आमा अहेलिया देवीलाई सम्मान गर्दै काम सुरु गरेका छन् । गणेशमान चारनाथ नगरपालिका– १ स्थित वीरेन्द्र बजारस्थित उनको घरमै पुगेर मन्त्री कुशवाहाले दोसल्ला ओढाएर सम्मान गरेका थिए । २०६३ माघमा पूर्व– पश्चिम राजमार्गसँगै जोडिएको वीरेन्द्रबजार चोकमा प्रहरीले चलाएको गोली लागेर १७ वर्षीय ब्रह्मदेवको मृत्यु भएको थियो । मधेश आन्दोलनमा मारिएका उनी धनुषाका पहिलो शहीद हुन् । जनमत पार्टीका सांसद तथा मन्त्रीले सबै पक्षलाई समेटेर मधेश फस्टको अवधारणामा काम गर्ने नीति लिएको छ । सोही अनुसार उनीहरुले काम गर्ने जनमत समक्ष आश्वासन पनि दिएका छन् । जनमत पार्टी पहिलो पटक सरकारमा सहभागी भएको छ ।

Comment

Related News