२०७९ पुष ३०, शनिबार ०८:४७

बाराको महागढीमाई नगरपालिकामा श्रीमद भागवत सप्ताह एवम गढीमाई धार्मिक महोत्सव २०७९ हुने भएको छ ।

महोत्सव शुक्रबार गढीमाई बहुमुखी क्याम्पस परिवारको आयोजनामा हुन लागेको छ । क्याम्पसको जग्गा खरिद एवम् भवन निर्माणका लागि संचालन गरिने महोत्सव फागुन २ गते देखि ११ गतेसम्म चल्ने क्याम्पस संचालक समितिका अध्यक्ष विजयकमार स्वर्णकारले जानकारी दिए । सबै भन्दा कम १ हजार देखि ५ हजारसम्म चन्दा दिने महानुभावहरुलाई रुद्ध्राक्ष माला, मायाको चिनो प्रदान गरिने छ भने २ लाख भन्दामाथि दिनेहरुलाई रुद्ध्राक्षको माला, रामनामी गम्छा, दोसल्ला, मायाको चिनो, माउण्ट गोल्डेन फ्रेम, स्थानीय बाजागाजासहित चढाई नगर परिक्रामा गराईने भएको छ भने ५ लाख भन्दा बढी चन्दा दिनेहरुलाई रुद्ध्राक्षको माला, रामनामी गम्छा, दोसल्ला, मायाको चिनो, माउन्ट गोल्डेन फ्रेम, स्थानीय बाजागाजासहित चढाई नगर परिक्रमा गराउनुको साथसाथै क्याम्पसको आजीवन चन्दादाताको रुपमा नाम लेख्ने महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवले जानकारी दिए ।

त्यसैगरि रु ५१ हजार भन्दा बढी चन्दा दिनेहरुलाई शीलालेखमा नाम लेख्ने क्याम्पस प्रमुख धर्मेन्द्र यादवले जानकारी गराए । सो अवसरमा गढीमाई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र साह, जसपाका केन्द्रीय सदस्य रामबाबु यादव, लोसपाका नेता मोतीलाल साह,क्याम्पस संचालक समितिका जितेन्द्र गुप्ता, कैलास महतो, अमित चौधुर, सुरेश यादव, वडा नमबर १ देखि ११ सम्मका वडाअध्यक्षहरुको सहभागिता रहेको थियो । बैठकले महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवको संयोजकत्वमा १ सय ८ सदस्यी श्रीमद भागवत सप्ताह एवम श्री गढीमाई धार्मिक महोत्सव २०७९ को मुल समिति गठन गरिएको क्याम्पस संचालक समितिका अध्यक्ष स्वर्णकारले जानकारी गराए ।

Comment


Related News

Latest News

Trending News