अपडेट 
२०७९ पुष ३०, शनिबार ०८:५७

मधेस प्रदेशको सभामुख पदको लागि आज उमेदवारी दर्ता हुने भएको छ । प्रदेशसभामा बिहान ११ बजेदेखि ३ बजेसम्म उमेदवारी दर्ताको लागि समय तोकिएको छ ।

दलहरुले प्रस्ताव गरेको उमेदवारको नामावली आज नै दिउँसो ३:३० बजे प्रशकाशन हुने निर्वाचन तालिकामा उल्लेख छ ।

प्रस्ताव भएको नामहरु माघ २ गते बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत हुनेछन् । नेकपा एमालेले सभामुख पदको लागि रामचन्द्र मण्डलको नाम प्रस्तुत गर्ने तयारी गरेको छ ।

केन्द्रीय सत्ता साझेदार दलहरुले सभामुख, उपसभामुख र मुख्यमन्त्री पदको टुङ्गो काठमाडौंबाट नै तय गरेको बुझिएको छ । सोही सहमती अनुसार जसपाले मुख्यमन्त्री पाएको छ । नेकपा एमालेले सभामुख र जनमत पार्टीले उपसभामुख पाउने छन् ।

Comment


Related News

Latest News

Trending News