अपडेट 
२०७९ पुष ३०, शनिबार १५:३८

मधेश प्रदेशको प्रदेशसभाको सभामुखका लागि नेपाली कांग्रेसबाट जंगीलाल रायले उम्मेदवारी दर्ता गराएका छन ।

रायको प्रस्तावकमा कुमरकान्त झा र जिवछी देवी यादव रहेका छन । राय सर्लाही २(ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

यस अघि सभामुखका लागि नेकपा एमालेका सांसद रामचन्द्र मण्डलले उम्मेदवारी दर्ता गराएका छन् ।

माघ २ मा सभामुख पदका लागि निर्वाचन हुनेछ ।

Comment

Related News