अपडेट 
२०७९ माघ १, आईतवार ०६:१९

लोकतान्त्रिक विद्यार्थी संघ नगर कार्यसमितिका पदाधिकारीलाई स्वागत तथा सम्मान गरिएको छ ।

लोसपा विद्यार्थी संघको जनकपुरधाम नगर कार्यसमितिका अध्यक्ष अमित ठाकुरको अध्यक्षतामा नवगठित नगर कार्यसमितिका पदाधिकारीहरुलाई शनिबार स्वागत तथा सम्मान गरिएको छ । लोकतान्त्रिक विद्यार्थी संघका पूर्व केन्द्रीय सह–सचिव रोशन मिश्रद्वारा आयोजित कार्यक्रममा विद्यार्थी नेता दिनेश यादव, धनुषा जिल्ला सचिव सिद्धार्थ चौधरी,महोत्तरी जिल्ला सचिव शिव साहलगायत सयौंको संख्यामा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । लोकतान्त्रिक विद्यार्थी संघ जनकपुरधाम नगर समिति अध्यक्ष ठाकुरले पुस २६ गते विस्तार गरिएको थियो । विस्तारित समितिको उपाध्यक्षमा आदित्य पाण्डे र मो.जुवेर साफी रहेका छन् । त्यस्तै, सचिवमा अमन पाठक, सह–सचिवमा गौतम झा, कोषाध्यक्षमा दीपिका यादव रहेका छन् ।

नवगठित कार्य समितिमा आयुष सिंह राजपुत, गोविन्द झा, अंकित झा, श्रीराम शर्मा, रितिक झा, अंकित ठाकुर, राधा यादव, रक्की ठाकुर, दीपक साह, चन्दन शर्मा, निरज साह, सुरज गुप्ता, जय यादव, सत्यम ठाकुर, अनि चौधरी, शुभम् ठाकुर र ऋषि पाण्डे रहेका छन् ।

Comment

Related News

Latest News

Trending News