अपडेट 
२०७९ माघ १, आईतवार ०६:३५

सहारा मल्टिपर्पस को–आपरेटिभ सोसाइटी लिमिटेड मलंगवाको १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष डा.वसी अहमद मिकरानीको अध्यक्षता एवं जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशक किशोर सिंहको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष मिकरानीले सञ्चालक समितिका तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै १९ औं साधारणसभासम्म आइपुग्दा सदस्य तथा कर्मचारीहरुको सक्रिय सहभागिताले आर्थिक कारोबारमा सन्तोषजनक प्रगति गर्न सकेको बताए । संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै उनले गत आर्थिक वर्ष २०७७÷०७८ मा संस्थाको कुल शेयर पूँजी ४ करोड ५९ लाख ७ हजार ५ सय रुपैया रहेकोमा आ.व २०७८÷०७९ सम्ममा ४ लाख ३९ हजार ६ सय रुपैयाँले वृद्धि भइ कुल शेयर पूँजी ४ करोड ६३ लाख ४७ हजार १ सय रुपैया रहेको जानकारी गराए । साथै जगेडा कोषमा १० लाख ४७ हजार ४ सय ४८ रुपैयाँ रहेको उनले बताए । सदस्यहरुबाट प्रदान गरिएको निक्षेपको रकम आ.व ०७७÷०७८ मा ६७ करोड ५ लाख २५ हजार १ सय २६ रुपैया रहेकोमा आ.व ०७८÷०७९ सम्ममा रु ४ करोड २३ लाख५३ हजार ७ सय ६ रुपैयाले वृद्धि भइ कुल निक्षेप रकम ७१ करोड २८ लाख ७८ हजार ८ सय ३३ रुपैयाँ रहेको उनले बताए । देशव्यापी रुपमा तरलताको कमीलाई मध्यनजर गरी संस्थाले गर्नुपर्ने आयमूलक कार्य नगरी तरलता कायम राखेकोले लक्ष्य अनुसारको प्रतिफल प्राप्त नभए पनि यस आ.ब मा संस्थाले १५ लाख ४७ हजार ५ सय ७५ रुपैया ३१ पैसा नाफा आर्जन गरेको अध्यक्ष मिकरानीले जानकारी दिए ।

जि.स.स.सर्लाहीका उपप्रमुख जितेन्द्र कुशवाहा,पूर्व सांसद भिखारी मंसुर,संस्थाका उपाध्यक्ष नागेन्द्र प्रसाद गुप्ताको विशिष्ट आतिथ्यता रहेको उक्त कार्यक्रमको अवसरमा प्रधान कार्यालय लगायत सेवा केन्द्रहरु बरहथवा,हरिवन,गोडैता र पर्साका असल श्रृणी,बचतकर्ता र निक्षेप संकलनकर्ताहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । सोही अवसरमा सर्लाही जिल्लाको आर्थिक,सामाजिक र सहकारीको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका विशिष्ट व्यक्तिहरुलाई समेत संस्थाले सम्मानित गरेको मुख्य प्रबन्धक सुनिल कुमार गुप्ताले जानकारी दिए ।

Comment

Related News

Latest News

Trending News