२०७९ माघ १, आईतवार ०७:०८

नेपाल रेडक्रस सोसाईटी रौतहट शाखाले कम्बल वितरण गरेको छ । चिसो बढेसंगै जनजीवन कष्टकर बनेपछि रेडक्रसले जिल्लाको कटहरिया नगरपालिका–२ हथियाहीमा विपन्न समुदायका ५० जना नागरिकलाई कम्बल वितरण गरेको छ ।

शनिबार आयोजित एक कार्यक्रमबीच रेडक्रस सोसाईटी रौतहटका सभापति राजकिशोर यादवले हथियाहीका अशक्त, अति विपन्न, वृद्धवृद्धा, दलित, एकल महिलासहित ५० जना स्थानीयलाई कम्बल वितरण गरेका छन् । केही दिनदेखि तराई मधेशमा अत्यधिक चिसो बढेपछि चिसोका कारण कसैले ज्यान गुमाउनु नपरोस् भने उद्देश्यका साथ कम्बल वितरण गरिएको सभापति यादवले बताए । कठ्यांग्रिदो चिसोको समयमा रेडक्रसले कम्बल वितरण गरेपछि पाउनेहरुले थोरै भए पनि राहत महसुस गरेका छन् । शाखाले यसअघि पनि जिल्लाको विभिन्न पालिकामा अशक्त, अति विपन्न, वृद्धवृद्धा, दलित एवम् एकल महिलाको तथ्यांक संकलन गरी उनीहरुलाई कम्बल वितरण गरेको उनले बताए ।

त्यसैगरी,शाखाले विगतका दिनमा बाढीपीडित, डुबान, आगलागीपीडित लगायत विभिन्न किसिमको आपद्विपद्मा परेका नागरिकहरुलाई रगतदेखि लिएर राहत, खाद्यान्न, कम्बल लगायतका सामग्री सहयोग गर्दै आएको छ । कम्बल वितरण कार्यक्रममा रेडक्रस सोसाईटी शाखा रौतहटका पदाधिकारी धर्मेन्द्र पटेल, रामाकान्त चौरसियासहितका व्यक्तिसहितको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News