
रामानन्द युवा क्लबको नयाँ नेतृत्वको लागि हुन लागेको निर्वाचनमा दुई पक्षबीच प्रतिस्पर्धा हुने भएको छ ।
अध्यक्ष पदमा तीन जना आकांक्षी रहेको चर्चा भए पनि दुई जनाले मात्रै अध्यक्षमा मनोनयन दर्ता गराएका छन् । अध्यक्ष पदमा शशिभुषण झा(आशुतोष) तथा भरत सिंहले मनोनयन दर्ता गराएका छन् । झा र सिंहले समूहसहित निर्वाचनमा उत्रेका छन् । झाको प्यानलमा उपाध्यक्षको लागि सन्तोषमान सिंह,महासचिवमा रोशन मिश्र,सचिवमा मिथलेश झा,कोषाध्यक्षमा शम्भु पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् भने सदस्यहरुमा उदयशंकर प्रसाद साह,दीपक सिंह,रुपेश कुमार सिंह,राजकुमार मिश्र,राजीब कुमार झा,सन्तोष कुमार मुखिया तथा जानकी रमण झाले उम्मेदवारी दर्ता गराएका छन् । सिंहको समूहबाट उपाध्यक्षमा राजेश दास(काले),महासचिवमा सन्तोष ठाकुर,सचिवमा विशेश्वर साह,कोषाध्यक्षमा जितेन्द्र साह तथा सदस्यहरुमा सुनिल यादव,संजीव कर्ण,शिवेश ठाकुर,रंजीत राज सिंह,अटलबिहारी झा तथा महेश कुमार रायले उम्मेदवारी दर्ता गराएका छन् ।
क्लबमा २ सय ३६ सदस्य रहेको बताइएको छ । दुबै समूहबीच कडा प्रतिस्पर्धा हुने सम्भावना रहेको छ । उम्मेदवार हरुको अन्तिम नामावली प्रकाशन भइसकेको क्लबका अध्यक्ष मनमोहन साहले बताए । माघ २ गते मतदान गरिने र सो पश्चात मतगणना र मत परिणाम घोषणा गरिने कार्यक्रम रहेको छ । निर्वाचन सम्बन्धी सम्पूर्ण कार्यक्रम क्लबको परिसरमै हुने जनाइएको छ ।