अपडेट 
२०७९ माघ १, आईतवार ०८:१९

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवले मधेश प्रदेशको गठबन्धन तल–माथि हुन सक्ने बताएका छन् ।

माघ २ गते हुने सभामुखको निर्वाचनमा गठबन्धनको मत विभाजन हुनसक्ने उनले संकेत गरेका छन् । ‘राजनीति सम्भावनाको खेल हो । एक घण्टामा के–के हुन्छ ?‘उनले शंका गर्दै भने,’ यहाँ त सभामुख निर्वाचनको दुई दिन बाँकी छ । त्यसकारण गठबन्धनको मत तलमाथि हुन सक्छ ।’ नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीपार्टीको गठ बन्धनबाट सभामुख पदको लागि कांग्रेसका साझा उम्मेदवारको रुपमा जंगीलाल रायले उम्मेदवारी दर्ता गराएका छन् । मुख्यमन्त्री सरोज कुमार यादवलाई विश्वासको मत दिने/नदिने विषयमा पार्टी उचित निर्णय गरेर अगाडि बढ्ने उनले बताए । सरकारमा सहभागी हुने विषयमा पनि उनले सोही जवाफ फर्काए ।

Comment


Related News

Latest News

Trending News