अपडेट 
२०७९ माघ १, आईतवार ११:३२

पोखरामा यति एअरलाइन्सको विमान दुर्घटना भएको छ । जहाजमा ६८ जना यात्रु थिए ।

विमान बिहान १० बजेर ३३ मिनेटमा काठमाण्डौबाट पोखराका लागि उडेको थियो । जहाज पोखरा विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको हो ।जहाजमा चालक दलका ४ सदस्यसहित ७२ जना सवार रहेको पुष्टि भएको छ ।

विमानमा आगो लागेकाले ठूलो मानवीय क्षतिको शङ्का गरिएको यति एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो ।

एएनसी एटीआर ७२ जहाजमा क्याप्टेन कमल केसीले उडाएका थिए । दुर्घटनापछि जहाजमा आगलागी भएको छ । अहिले घटनास्थलमा उद्धारकर्मीहरुले उद्धार कार्य जारी राखेका छन् ।

https://www.youtube.com/watch?v=lMUBG9jiTu0

Comment


Related News

Latest News

Trending News