अपडेट 
२०७९ माघ १, आईतवार १६:३६

यती एयरलाइन्सको दुर्घटनामा अहिलेसम्म ६२ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

कास्कीका प्रहरी प्रमुख अजय केसीका अनुसार अहिलेसम्म ६२ जनाको शव निकालिएको छ । उनका अनुसार दुर्घटनास्थलबाट निकालिएका शवलाई अस्पतालमा राखिएको छ ।

अन्यको खोजी जारी रहेको उनले जानकारी दिएका छन् । मृतकको सनाखत कार्य भइरहेको छ

५ जनाको सनाखत

यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये पाँच जनाको सनाखत भएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार दुर्घटनाग्रस्त विमानमा सवार निशान्त आचार्य, संगीता शाही, लक्ष्मी पौडेल, सुशील श्रेष्ठ, र सदारत अलिमियाको सनाखत भएको छ ।

आइतबार बिहान साढे १० बजे यति एयरलाइन्सको विमान पोखरामा दुर्घटनामा परेको थियो ।

https://www.youtube.com/watch?v=lMUBG9jiTu0

Comment


Related News