अपडेट 
२०७९ माघ १, आईतवार १९:३२

आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको एटिआर जहाज दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ।कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल कुमार शाहीका अनुसार साँझ साढे ४ बजेसम्म ६९ जनाको शव फेला परेको हो। तीमध्ये ३४ शव गण्डकी अस्पतालमा लगिएको छ । ३२ जनाको शव प्रहरीले घटनास्थलमा संकलन गरिसकेको छ । ३ जनाको शव फेला परे पनि निकाल्न कठिन भइरहेको शाहीले जानकारी दिए । रात पर्दै गएका कारण आजै सबै शव खोज्न समस्या हुन सक्ने उनले बताए । प्रहरीले क्रेनको प्रयोग गरेर पनि शव निकाल्न खोजेको थियो। तर उक्त क्रेनबाट पनि शव निकाल्न सम्भव नभए शाहीले बताए ।‘खोंचमा ३ जनाको शव देखिएको छ। तर निकाल्न सकिएको छैन,’ उनले भने, ‘क्रेन पनि प्रयोग गर्‍यौं। तर त्यसबाट पनि सम्भव भएन।’यस्तै ३ जनाको अवस्था भने अझै अज्ञात रहेको उनले बताए। उनीहरूको पनि खोजी भइरहेको छ। घटनास्थलमा उद्धार तथा खोजतलासको काम आज नै सक्न सम्भव नभएको शाहीले बताए ।

आइतबार बिहान साढे १० बजे काठमाडौँबाट पोखराका लागि उडेको यति एयरको जहाज ११ बजे दुर्घटना भएको हो। जहाज पोखरा-१५ स्थित सेती नदीको खोंचमा दुर्घटनामा परेको हो।

पहिचान भएका शव भोलि आफन्तलाई जिम्मा लगाइने

पहिचान भएका शव पोखराबाट आफन्तलाई बुझाउने र अन्य शवलाई काठमाण्डाै लगिने प्रमुख जिल्ला अधिकारी अनिल कुमार शाहीले बताउनुभयाे ।

पोखराका पहिचान भएका शव भाेलि सोमवार बिहान ९ बजेपछि पोस्टमार्टम गरी परिवारलाई बुझाउने प्रजिअ अधिकारीले बताउनुभयाे । अहिलेसम्म ११ जनाको शव सनाखत भएको छ ।

६८ जना यात्रु र चार जना चालक दलका सदस्यसहित काठमाण्डौबाट पोखराका लागि उडेको विमान पोखरामा अवतरण गर्ने तयारीका क्रममा सेती नदी खोँचमा खसेको हो ।

https://www.youtube.com/watch?v=lMUBG9jiTu0

 

Comment


Related News

Latest News

Trending News