२०७९ माघ २, सोमबार ०८:१५
मधेश प्रदेश सभाको सोमबार हुने बैठक स्थगित गरिएको छ ।
देशमा राष्ट्रिय शोक घोषणा भएकाले प्रदेश सभाको बैठक स्थगन गरिएको सचिव रञ्जित यादवले बताए । ‘प्रदेश सभाका सभामुखको चुनाव र मुख्यमन्त्री सरोज यादवले लिने विश्वासको मत लगायतको कार्यसूची मंगलबार सरेको छ ’ उनले भने, प्रदेश सभाको कार्यतालिकाको दिन सरे पनि समयमा परिवर्तन भएको छैन् ।



