अपडेट 
२०७९ माघ २, सोमबार ०७:२९

पर्साको जिराभवानी र पटेर्वासुगौली गाँउपालिकामा आइतबार माघी खिचडी महोत्सवमा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । थारू संस्कृति तथा उत्थान मञ्च शंकरसरैयाको आयोजना तथा जिराभवानी गाँउपालिकाको सहयोगमा माघी महोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ ।

जिराभवानी गाउँपालिका–५ को वडाध्यक्ष दारा सिंह राउत थारुको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभासद शंकर चौधरीको विशेष उपस्थिति रहेको थियो । सो कार्यक्रम थारुको परम्परागत पहिरन, पौराणिक कालदेखि प्रयोग गर्दै आएको विभिन्न सामग्रीहरुको प्रदर्शन गरिएको थियो । यसका साथसाथै कार्यक्रममा थारु संस्कृति अन्तर्गत लोप हँुदै गएको झमटा, घाटो लगायतका गीतसमेत प्रदर्शन गरिएको थियो । कार्यक्रममा माछा, घोघी, हासको मासु, परेवाको मासु, केखडा (गगटा) लगायतका खानाका परिकारहरुले सजिएको स्टल लगाईएको थियो । कार्यक्रममा गाँउपालिका अध्यक्ष अनोज चौधरी, उपाध्यक्ष रेखा चौधरी, वडाध्यक्ष रामशरण खवास, महादेव महतो, सुरज राय थारु, राजेश्वर दास थारु लगायतको सहभागिता रहेको थियो । त्यसैगरी, पटेर्वा सुगौली गाँपालिकाÞमा पनि दोस्रो माघी खिचडी महोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको सहयोग तथा माघी मूल समारोहको आयोजनामा सो कार्यक्रम सम्पन्न गरिएको थियो । गाँउपालिका अध्यक्ष दिनेश चौधरीको अध्यक्षतामा तथा पूर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरीको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा थारु जातिले प्रयोग गर्दै आएका हलो, माछा मार्ने जाल, खोकी, डेली, बेवा तथा डोकनी (काठको बर्तन) प्रदर्शनीमा राखिएको थियो । कार्यक्रममा उपाध्यक्ष ममता महतो, वडाअध्यक्ष विजय गैरे, विपिन मुखिया, फरमान मियाँ, माधव राउत थारु, बासु पंजियार, परमेश्वर महतो, मचकेश गौरोले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा कलाकार वीर चौधरी, समु चौधरी, वीरु चौधरी, मुस्कान चौधरी र नेपाली निरहुवाले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । यता माघी महोत्सवको अवसर पारेर जिराभवानी गाउँपालिकामा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । संयुक्त यूवा समाज पर्सा र थारु संस्कृति तथा उथान मञ्चको आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो भने सो कार्यक्रममा ६२ जनाले रक्तदान गरेका थिए । त्यस्तै माघीकै अवसरमा पटेर्वा सुपौलीमा रक्तदान गरिएको छ । सो कार्यक्रमा ५ महिला सहित एक सय जनाले रक्तदान गरेका थिए ।

Comment

Related News