
भारतीय सेनामा नेपाली युवाको भर्ना ‘गोर्खा भर्ति’को विषय नेपाल र भारत दुवै देशमा अहिले चर्चाको केन्द्रमा रहेको छ । भारतले ल्याएको ४ वर्षे अग्निपथ योजनामा गोर्खा भर्तिहुने कि नहुने विषय अन्यौलमा रहेको छ । गत भदौमा बुटवल र धरानमा भर्तिको तयारी भईरहेका बेला नेपाल सरकारले आन्तरिक ग्रहकार्य गर्नु पर्ने भनेपछि प्रकृया स्थगित छ । शेरबहादुर देउवा नेतृत्वको यस अघिको सरकारले निर्वाचन पछि बन्नेन नयाँ सरकारले अग्निपथमा गोर्खा भर्तिका विषयमा निर्णय गर्ने सन्देश भारतमा पठाएको थियो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता ले पनि भदौ ९ मा नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा अग्निपथ कार्यक्रम अन्तरगत गोर्खा सैनिक भर्तिलाई निरन्तरता दिईने बताएका थिए। गोर्खा भर्ति नेपाल भारत परम्परागत बहुआयमिक सम्बन्धको एउटा बलियो आधार रहेकोले नेपाल सरकारले यस विषयमा सकारात्मक निर्णय लिने अपेक्षा भारतको मात्रै होइन कि नेपाली युवाहरुको पनि रहेको पाइन्छ । सन् १८५७ को सिपाही बिद्रोह दबाउन नेपालका तत्कालिन प्रधानमन्त्री जङ्ग बहादुर राणाले भारतको अंग्रेज सरकारलाई सघाएका थिए । त्यस वापत नै अंग्रेज शासकले नयाँ मुलुक भने बाके,बर्दिया, कैलाली र कन्चनपुरको भूभाग नेपाललाई फिर्ता गरेको थियो । भारत स्वतन्त्र भएपछि भारतको तत्कालिन सरकारले भारतीय सेनामा रहेका सबै गोर्खा सैनिकलाई आफ्नो सेनामा राख्नेछ काम गर्योत र भारतीय सेना जतिकै नाम दाम र सम्मानपनि दिदै आएको छ । भारतीय सेनामा हरेक वर्ष ज्ञछण्ण् नेपाली युवालाई गोर्खा भर्तिमा भर्ना गरिन्छ । भारत र नेपालका सैनिक वीचको तलब सुविधा, बढुवा, पेन्सन लगायत सबै सुविधामा एकसमान व्यवहार गरिन्छ । तीनजना नेपाली नागरिक भारतीय सेनामा लेफ्टीनेट जनरल भएका हुन। मेजर जनरल र ब्रिगेडियर पनि भएका हुन् । कर्नेल त कति छन् हिसाब पनि गर्न सकिन्न ? नेपालका बामपन्थी राजनितिक दलहरु उत्तरी छिमेकी चीनवाट बढी आकर्षित रहेका हुन् । भारतीय सेनामा नेपाली युवाको उपस्थिती चीनलाई र पाकिस्तानलाई मन परिरहेको छैन । नेपालका बामपन्थी राजनितिक दलहरुले शुरु देखि नै भारतीय सेनामा गोर्खा भर्तिको विरोध गर्दै आएका छन् । माओवादीले वि.सं.२०५२ सालमा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारलाई बुझाएको ४० बुँदे मागपत्रमा पनि गोर्खा भर्ति रोक्नु् पर्छ भनेका थिए। नेपालमा सबै कम्यूनिष्ट पार्टीको यो साझा मत हो । अहिले थपिएको विषय हो, चीनको चासो ।
भारतीय सेनामा नेपाली युवाको भर्ना नहोस भने उसको चाहना रहेको छ । के.पी.शर्मा ओली पहिला पटक प्रधानमन्त्री भएर चीन भ्रमणमा हुदाँ “साउथ चाइना मर्निग पोस्ट लाई दिएको एक अन्तरवार्तामा भारतीय सेनामा नेपाली युवाको भर्ति रोक्ने“ आशय व्यक्त गरेका थिए । सुरुमा सबै गोर्खा सैनिक विट्रिश अन्तरगत थिए । भारतवाट विट्रिस फिर्ता हुँदा बेलायतले सै विट्रिस गोर्खालाई लैजान नसक्नेर अवस्था भयो । त्यो बेला गोर्खा १० रेजिमेन्ट थिए । जाँदा जादै बेलायतले गोर्खा सैनिकलाई भारत वा बेलायत मध्ये कहाँ जाने वारे रोजन भनेको थियो। नेपाली सैनिक मध्ये केहीले भारतलाई रोजे र केहीले बिट्रिसलाई रोजे त्यसबेला ६ वटा रेजिमेन्ट भारतमा बसे । ४ वटा बेलायत गए बेलायत भारत नेपालवीच त्रिपक्षीय सम्झौता भयो, गोर्खाको बाँडफाँट भयो । भारतका तत्कालिन प्रधानमन्त्री पंडित जवाहरलाल नेहरुले नेपालीको भर्तिलाई निरन्तरता दिए, जो अहिले पनि जारी छ । गोखा भर्तिलाई बन्द गर्न खोज्ने नेपालका राजनितिक दलका नेताहरु दलको रुपमा परिस्थितलाई बुझेका हुन। हाल ३२ हजार नेपाली युवा गोर्खा भर्तिमा रहेको अनुमान छ। १ लाख जति अवकाश प्राप्तले पेन्सन प्राप्त गरि रहेका छन् । यस वापत वार्षिक रु.६० अर्व रुपैया नेपाल भित्रि रहेकोछ । अवकांश प्राप्त गोर्खा सैनिकको रेखदेख भलाई र सन्तानको शिक्षा दिक्षाका लागि अनेकौ कल्याणकारी कार्यक्रम पनि भारत सरकारले चलाएको छ । नेपाल भारत सम्बन्धको एउटा बलियो पक्ष भारतीय सेनामा नेपाली युवाहरुको भर्ति गर्ने परम्परा पनि रहेको छ । भारतमा कार्यरत नेपाली गोर्खा सैनिक हाम्रो कुटिनितीक सम्बन्ध सामान्य गर्ने एउटा अंग रहेको छ । भारतले अहिले सम्म जितेको सबै युद्धमा नेपाली गोर्खाको योगदान र बलिदान रहेको छ । भारत सरकारले अहिले अघि सारेको सैनिक भर्ना सम्बन्धी प्रावधान अग्निवीर का रुपमा भर्ती भएका मध्ये २५ प्रतिशतलाई नियमित रुपमा सेनामा राखिनेछ । जवकी भर्ति भएका सैनिक मध्ये ७५ प्रतिशतलाई चार वर्ष पछि अवकाश दिइने छ ।
अवकाशको समयमा ११ लाख ७१ हजार भारतीय रुपैया एक मुष्ट रुपमा तिनलाई (सेवानिधी) दिइनेछ ताकी तिनको जिवन यापन हुन सकोस् । अवकाश प्राप्त गरेका ति सैनिकहरु मध्ये कसैले चाहेमा स्नातक, स्नाकोत्तर तथा सिडिएसको तालिम पनि प्राप्त गर्न सक्नेछन् । लोक सेवा आयोग अन्तर्गतका केही सेक्टरमा पनि तिनलाई आरक्षंण हुनेछ । प्रादेशिक प्रहरी सेवामा पनि जागिर पाउने छन् । त्यसबाहेक कर्पोरेट सेक्टरमा पनि जागिरको अवसर प्राप्त हुनेछ ।भारत सरकारले आफ्नो देशमा तीन हजार सैनिकको भर्तिका लागी आवेदन आहवान गरेकोमा ५ लाख भन्दा बढीले आवेदन दिने काम गरेका छन् । भारत सरकारले अहिले लागु गर्न खोजेको “अग्निवीर योजना नेपाल र भारतको निम्ति नयाँ विषय हुन सक्दछ तर विश्वरका प्रायः जसो शक्तिशाली र सम्पन्ना देशहरुमा यस्ता खाले नियम नै रहेको पाइन्छ । संयुक्त राज्य अमेरिकामा पनि दश साताको तालिम पश्चात ४ वर्षको लागि मात्रै सेनामा राख्नें गरिन्छ । त्यस पछि तिनलाई अवकास दिने गरिन्छ ।केही सिमित संख्याकालाई मात्रै स्थायी रुपमा राख्ने काम गरिन्छ । उत्तरी छिमेकी चीनमा ४० दिनको सैनिक तालिम अनिवार्य रुपमा सबैले नै लिनुपर्ने हुन्छ । २ वर्ष पछि तिनलाई अवकाश दिने गरिन्छ । फान्समा त्यँहाको सेनामा भर्ति हुनेहरुलाई ३ महिनाको तालिम दिइन्छ र ३ वर्षको तालिम पछि जागिरबाट अवकाश दिने गरिन्छ । रुसमा १ वर्षको सैनिक तालिम दिइन्छ र एक वर्ष पछि जागिरबाट अवकाश दिने गरिन्छ । इजरायलमा प्रत्येक युवाको निम्ती सैनिक तालिम अनिवार्य गरिएको हुन्छ ।युवाहरुले ३२ महिना र युवतीहरुले अनिवार्य रुपमा ३४ महिनाको सैनिक तालिम लिनुपर्ने हुन्छ । भारत सरकारले आफ्नो सेनामा भर्ना भएकाहरु मध्ये २५ प्रतिशतलाई नियमित रुपमा सेनाको जागिरमा राख्ने गर्छ, केही देशहरुमा त १० प्रतिशतलाई मात्रै सेनामा स्थाियी रुपमा राख्नेम काम गरिन्छ । भारत सरकारले लागु गर्न लागेको योजना सबै भारतीय सैनिकको हकमा लागु हुनेछ । केवल गोर्खा सैनिकमा मात्रै होईन फेरि गोर्खा सैनिक त आफ्नो कुशलता, साहस, इमान्दारी र विरताका कारण भारतको कुनै पनि सुरक्षा सेवामा सहज रुपमा नै जागिर पाउन सक्नेछन् । एकातिर नेपालमा बामपन्थी दलहरुबाट यसको विरोध भइरहेको पाइन्छ भन्नो अर्कोतिर भारतकै गोर्खा (नेपाली भाषी) हरु पनि नेपाली गोर्खाको भर्ती बन्दर हुनुपर्ने मात्र गरिरहेका हुन् ।
संविधान सभा निर्वाचनको प्रचारमा क्रममा माओवादीका नेता एंव कार्यकर्ताहरुले यस विषयलाई चर्को रुपमा उठाएपछि नेपालका लागि पूर्व भारतीय राजदुत श्यामशरणले नेपाल सरकारले अनावश्यक ठानेमा गोर्खा भर्ति केन्द्र रोक्न भारतलाई ब्यवहारिक कठिनाई नहुने बताएका थिए । भारतले करिब ७ वर्ष अघि एउटा छुट्टै पल्टन खडा गरेको छ । फस्र्ट गोर्खा रेजिमेटको छैठो बटालियन त्यसमा भारतीय नेपालीहरुको बाहुल्य रहेको छ, जसलाई कान्छो पल्टन भनिएको छ, तत्कालिन भारतीय प्रधानमन्त्री दलबीर सिंहको समयमा यसको गठन भएको हो । यसको सोझो संकेत हो नेपालले गोर्खा भर्ति बन्द गर्छ भन्ने भारतमा रहेका नेपाली भाषीलाई भर्ना गरिनेछ र गोर्खा पल्टनको निरन्तरता रहनेछ । अहिले यसमा ठण् प्रतिशत भारतीय ३० प्रतिशत नेपाली गोर्खा रहेका हुन् । भारतको कुमाउ, गढवाल र पूर्वोतरका नेपाली भाषीहरु पनि भारतीय सेनामा नेपालीको भर्तिको विरुद्ध गरिरहेका छन् । नेपालले आफ्नो देशको युवा भर्ती रोक लगाउने हो भन्नो शत प्रतिशत नेपाली गोर्खाको नै भर्ति गरिनेछ । आफ्नो देशको सुरक्षाको लागि राखिएको अति संवेदनशिल सेनाको एउटा अङ्गको रुपमा नेपाली गोर्खाली माथी भारतले विश्वास गर्नु प्रत्येक नेपालीका लागी गर्व र सम्मा्नको विषय हो । बैदेशिक रोजगारीमा गएर नागरिक जिवन विताएर दुई चार पैसा कमाउनु भन्दा मान, सम्माोन सहित नजिकमा पैसा कमाउनु गर्वको विषय हो । तसर्थ गोर्खा भर्तिलाई निरन्तरता दिनु नै हाम्रो हितमा हुनेछ ।