अपडेट 
२०७९ माघ २, सोमबार ०७:५१

नेपाली र भारतीय रुपैयाँबीच हुने अवैध सटहीमा उछाल आएको छ । दशकौदेखि महगो रहेको भारतीय रुपैयाँ हुण्डी तथा अवैध सटही कारोबारमा ह्रास आएकोले आर्थिक जगतबीच ठूलो उछाल आएको छ । काठमाण्डुदेखि वीरगञ्जसम्मको बजारमा भारतीय रुपैयाँ भन्दा नेपाली रुपैया २ देखि ५ रुपैया मंहगो भएको छ । वीरगञ्ज तथा काठमाण्डुमा १ लाख ५८ हजार नेपालीमा १ लाख भारु पाइने गरेको एक व्यापारीले बताएका छन् । उनले भने,‘यति भारतको ठूलो शहर दिल्ली,मुम्बइ,कलकत्ता लगायतका ठूला व्यापारिक शहरहरुमा हुण्डीको माध्यमबाट पैसा चहियो भने १ लाख ५५हजार नेपालमा दिँदा भारतीय एक लाख किन्न पाइन्छ ।’ भारतबाट नेपालमा अप्रत्याशित रुपमा अवैध कारोबारका रकमहरु आइरहेको कारण भारत र नेपालबीचको रुपैयामा अप्रत्याशित परिवर्तन आएको व्यपारीहरु बताउँछन् । यति मात्र होइन सीमावर्ती भारतीय बजारमा खुद्रा सामान खरिद गर्दा अहिले नेपाली रुपैयाँ स्थिर भएको छ । विगत एक दशकदेखि सीमावर्ती बजारहरुमा नेपाली रुपैयाँलाई भारतीय रुपैयाँसंग सटही गर्दा बट्टा दिनु पर्दथ्यो ।

सटही गर्दा सयकडा रु. छ सम्म पुगेको दर एक्कासी घटेर बराबरमा झरेको छ । खुला सिमाना र नेपाल भारतबीच रहेको ठूलो व्यापार घाटाको बावजुद पनि दुबै देशबीच आएको आर्थिक तरगंको मुख्यकारण अवैध तस्करी नै रहेको नेपाली व्यापारीहरुको ठम्याइ छ । साथै दुबै रुपैयाबीच एक्कासी आएको परिवर्तनले गर्दा नेपालको आर्थिक क्षेत्रमा ठूलो गिरावट आउने अड्कल समेत गर्न थालिएको छ । चाइनाबाट नेपाल भएर भारतमा सुन र डलरको तस्करीको ठूलो बढोत्तरीको कारण रुपैयाँको अवैध कारोबारमा परिवर्तन आएको व्यापारीहरुको भनाइ छ । एक व्यापारीले भने,‘नेपाल भारतबीच ठूलो व्यापार घाटा छ । आयात निर्यातमा त्यस्तो कुनै परिवर्तन आएको छैन ,अवैध वस्तुको सप्लाइको भुक्तानी अवैध आउने कुराले गर्दा नै यस्तो भएको हो । ’ रक्सौल मिठ्ठा बजारका अमृष साह तेलीले नेरु १५८ मा भारु १०० दिने गरेको बताए । सीमावर्ती सिकटा, इनर्वा, भेलाही, रक्सौल बजारमा अहिले भारु सटही गर्दा बट्टा लाग्दैन, उल्टै नेरु लिंदा बट्टा दिने गरिएको छ । नेपाली बजारमा सुन पनि सस्तियो नेपाली बजारमा सुनको कारोबारमासमेत अप्रत्याशित गिरावट आएको छ । केरुगं र रसुवा नाकाबाट सुनको तस्करी कारोबार बढेको कारण सुनको मूल्य सस्तिएको अनुमान लगाउन थालिएको छ । चीनमा कोरोनाको कारण देखिएको आर्थिक मन्दीले गर्दा तिब्बतका युवाहरुको सक्रियतामा सुन र डलरको नेपाल भएर भारतमा ठूलो परिमाणमा तस्करी भइरहेको स्रोतले जनाएको छ । जसमा चीन सरकारका सरकारी अधिकारीहरु समेत सघाइरहको स्रोतको दाबी छ । शुक्रबारसम्म सुनको सरकारी दर १ लाख ४ हजार प्रति तोला भए पनि व्यापारीहरुले एक लाखसम्ममा खरिद गरेका थिए । नेपाली बजारमा देखिएको आर्थिक मन्दीको कारण नया सुन खरिदकर्ता भन्दा पनि बढी बिक्री गर्नेहरुको संख्या केही समयदेखि बढेको सुनचांदी व्यावसायी संघको केन्द्रीय सदस्य निरज सर्राफले बताए । उनले भने,‘बजारको अवस्था दयनीय छ,कोरोना पछि देखिएको आर्थिक मन्दीको कारण सुन खरिदकर्ताभन्दा पनि अहिले गहना बिक्री गर्नेहरु बढी देखिएका छन्।’ भारतीय बजारमा नेपालबाट सुन र डलर जाने र भारु आउने गरेका कारण पर्याप्त भारुको सञ्चय भएकोले यसो भएको बताइएको छ । वीरगञ्ज लगायत पर्सा जिल्लामा अहिले हुण्डीको कारोबार बढेको छ । पर्साका प्रहरीले चासो नदेखाएपछि हुण्डी कारोबारीहरूको मनोबल बढ्दै गएको छ ।

नेपाली हुण्डीको व्यापारमा आरएमबीको पकड नेपालबाट हुने हुण्डीको व्यापारमा अहिले सबै भन्दा बढी चाइनिज रुपैया आरएमबीको अवैध कारोबार भइरहेको छ । मुख्य रुपमा नेपालबाट हुनै आर्थिक गतिविधिमा सुन र डलरको तस्करीसंगै जंगलीजनावरहरुको अगंहरुको पनि तस्करी बढदै गएको छ । कोरोनाको कारण चीनमा देखिएको आर्थिक मन्दीबाट जोगिनका लागि चीन सरकारले सुन र डलरको तस्करीलाई नितिगत रुपमै अभियान चलाएको छ । कालोधन लुकाउन भारतमा सुन र डलरको बढी माग भएकोले नेपाल भएर सुन र डलरको तस्करीमा एक महिना देखि अप्रत्याशित उछाल आएको हो । परिणाम स्वरुप त्यसका भुक्तानी चिनियाँ तस्करहरुले चाइनिज रुपैयाँ आर एम बि मै लिने गरेकोले अहिले सबैभन्दा बढी आए एम बिको हुण्डी भइरहेको बताइन्छ । वीरगञ्जदेखि काठमाण्डुका पुराना हुण्डीका कारोबारीहरु अहिले आए एम बि को कारोबारमा लागेको बताइन्छ । मुख्यरुपमा चाइनिज कम्पनीहरुको नेपालमा चलिरहेको कारोबार र त्यसमा कार्यरत चाइनिजहरुसंग सम्बन्ध बढाएर उनीहरुले नेपालमा ल्याउने चाइनिज बैँकको माध्मबाट आउनुपर्नेमा त्यो सबै हुण्डीको कारोबारमा सहायक सिद्ध भइरहेको एक व्यापारीले बताए । यति मात्र होइन नेपालमा चाइनिजहरुले गर्ने गरेको व्यापारमा घाटा भए पनि नाफा देखाएर राष्ट्र बंैकबाट आर एम बि लिने र त्यो फेरि हुण्डीको कारोबारीहरुलाई दिन कार्यसमेत भइरहेको छ ।

Comment

Related News