अपडेट 
२०७९ माघ २, सोमबार ०८:०३

मध्य तराईमा मकरसंक्रान्ति धुमधामका साथ मनाइएको छ । थारु समुदायले पनि माघी पर्व पनि धुमधामका साथ मनाएका छन् । थारुसंगै भोजपुरी, मैथिल , मारवाडी र नेवारी समुदायले पनि थारुसमुदायलाई हस्याउँदै यो पर्व यस बर्ष धुमधामका साथ संगसंगै मनाएका छन् ।

यसअघिका वर्षहरुमा माघ १ गते वीरगञ्जमा थारु समुदायको एकल आयोजनामा माघी (खिंचडी) महोत्सव आयोजना हँुदै आएको थियो । यसवर्ष थारुसंगै भोजपुरी, मैथिल , मारवाडी र नेवार समुदायले संयुक्त रुपमै मध्य तराइमा मनाइने खिंचडी समारोह आयोजना गरेर संगसंगै माघी पर्व मनाएका छन् । वीरगञ्जको आदर्शनगर स्थित पुरानो बसपार्क परिसरमा माघी मूल समारोह समितिले आयोजना गरेको खिंचडी महोत्सवमा थारु,भोजपुरी, मैथिल , मारवाडी र नेवार समुदायका खानाका परिकारहरुको स्टल राखिएको थियो । थारु समुदायको स्टलमा घोङगी, गंगटा , माछा , हाँस , परेवा र कुखुराको मासुका परिकार राखिएको थियो । यस्तै,भोजपुरी समुदायको स्टलमा तिल र बन्हुइलाई , मैथिलको स्टलमा खिंचडी , नेवारको स्टलमा यमरी लगायतका परिकार राखिएका थिए । खानाको परिकारको स्टल नजिकै खरको छाप्रो बनाएर त्यसमा यी पाँच वटै समुदायको परम्परा झल्किनेगरी पोशाक , घरमा प्रयोग हुने सामान , जीविकोपार्जनका पुराना साधनहरुको प्रदर्शनी राखिएको थियो । कार्यक्रममा थारुसमुदायसंगै , भोजपुरी , मैथिल , मारवाडी र नेवार समुदायका कलाकारले लोकसंस्कृति झल्किने नृत्यसमेत प्रस्तुत गरेका थिए । महोत्सव स्थलमै रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको थियो । त्यस्तै , बाराको कोल्हवी नगरपालिकाको कोल्हवीमा थारु माघी महोत्सव २०७९ सुरु भएको छ । माघे सङ्ग्रकान्तिको अवसरमा सुरु भएको थारु माघि महोत्सव माघ १ गतेदेखि सुरु भइ माघ ३ गतेसम्म चल्ने थारु कल्याणकारिणी जिल्ला कार्यसमिति बाराले जनाएको छ ।

कोल्हवी नगरपालिकाका नगर प्रमुख राम प्रसाद चौधरीले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा स्थानीय कलाकारहरुले थारु भाषा,भेषभूषासहित गीत र नृत्य प्रस्तुत गरेका थिए । महोत्सव स्थलमा थारु भेषभूषा झल्किने पहिरन , वस्तुकला र थारु जातिका विभिन्न परिकार राखिएको छ । महोत्सव अवधिभरि करिब १० लाख २५ हजार लाग्ने आयोजकले अनुमान गरेको छ ।

Comment


Related News

Latest News

Trending News