अपडेट 
२०७९ माघ २, सोमबार ०८:१४

सामूहिक बलात्कार घटनाका आरोपितलाई कसुरदार ठहर गरी कैद र जरिवानाको फैसला भएको छ । सप्तरी जिल्ला डाक्नेश्वरी नगरपालिका–७ स्थित तीन वर्षअघि भएको सङ्गीता मण्डलको सामूहिक बलात्कारका आरोपितलाई सप्तरी जिल्ला अदालतले दोषी ठहर गरी दुई जनालाई १३ वर्ष कैद र एक लाख जरिवानाको फैसला सुनाएको छ ।

सामूहिक बलात्कारका मुख्य आरोपित परिवर्तित नाम राम र श्यामलाई कसुरदार ठहर गरी १३– १३ वर्ष कैद सजाय तथा पीडित परिवारलाई एक÷एक लाख जरिवाना भराउने भएको छ । पुस १८ गते जिल्ला अदालत सप्तरीले इतिहासमै पहिलो पटक ‘पञ्च’हरूलाई समेत कैद सजाय गरेको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले यस्तो सजाय निर्धारण गरेको जिल्ला अदालत सप्तरीका स्रेस्तेदार कुमार मास्केले जानकारी दिएका छन् । सोही घटनामा मतियार रहेका धर्मानन्द मण्डललाई मुख्य प्रतिवादीलाई भएको सजायको आधा छ वर्ष छ महिना कैद र रु एक लाख रुपैयाँ पीडित परिवारलाई क्षतिपूर्ति भराउने फैसला भएको छ । कसुरदार नजिकका नातेदार सोही ठाउँका शत्रुघन मण्डल र उजितलाल मण्डललाई वर्ष दिन कैद र २५ हजार क्षतिपूर्तिवापतको रकम भराउने फैसला सुनाएको छ । पञ्चायतमा सहभागी सत्यनारायण मण्डल, वासुदेव मण्डल, जयकान्त मण्डल, झमेली मण्डल, बेचन मण्डल, देव मण्डल, बिन्देश्वर मण्डल र वंशराज मण्डलसमेत बाट जनही २० हजार जरिवाना भराई पीडित परिवारलाई क्षतिपूर्तिबापत दिइनेछ ।

२०७७ भदौ २९ गते नाबालिक सङ्गीता आफ्नै खेतमा घाँस काट्न गएको अवस्थामा स्थानीय चार जनाबाट सामूहिक बलात्कारमा परेका थिए । न्यायका लागि प्रहरीमा जाने निधो गएकी सङ्गीता र उनकी आमालाई प्रहरीमा जाहेरी दिए सामाजिक बहिष्कार गर्ने चेतावनीसहित गाउँकै पञ्चहरूले कानूनी प्रक्रिया गर्न रोक लगाएपछि घटनाको दोस्रो दिन २०७७ भदौ ३० गते सङ्गीताले आत्महत्या गरेको थियो ।

Comment


Related News

Latest News

Trending News