अपडेट 
२०७९ माघ २, सोमबार ०८:१८

प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशमा जित सुरुवात गरेको छ ।

आइतबार मधेश प्रदेशले कर्णाली प्रदेशलाई आठ विकेटले पराजित गर्द पहिलो जित निकालेको छ । इटहरीको जनता क्रिकेट पार्कमा सम्पन्न खेलमा कर्णालीले प्रस्तुत गरेको ८० रनको लक्ष्य मधेशले १०.२ ओभरमा दुई विकेट गुमाएर पूरा ग¥यो । मधेशको जितमा अनुराधा चौधरीले अविजित ३८ रन जोडिन् । प्रतिमा साह १८ रनमा अविजित रहिन् । कर्णालीका लागि दुबै विकेट कप्तान विना थापाले लिइन् । यसअघि, टस जितेर ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७९ रनको योगफल तयार पारेको थियो । कर्णालीका लागि तृष्णा विश्वकर्माले सर्वाधिक १५ रन बनाएकी थिइन् । किरण कुँवर र अञ्जु गुरुङले समान १३ रन बनाए ।

मधेशका लागि भूमि सिंहले चार विकेट लिएकी थिइन् । यस्तै, अमिरन निशाले दुई विकेट लिए । जितसँगै समूह ‘बी’को मधेशले दुई खेलमा दुई अंक जोडेको छ । कर्णालीको भने यो लगातार दोस्रो हार हो ।

Comment

Related News

Latest News

Trending News