अपडेट 
२०७९ माघ २, सोमबार ०८:२०

माघे संक्रान्तिको अवसरमा आइतबार जनकपुरधाममा सामूहिक खिचडी भोज सम्पन्न भएको छ ।

जानकी चोकस्थित ‘ अंगराज सर’को डिलमा यस वर्ष पनि खिचडी भोजको आयोजना गरिएको थियो । जानकी चोकका युवाहरुको आयोजनामा खिचडी भोजको आयोजना हुँदै आएको छ । भाइचारा र संस्कृतिलाई जोगाउनका लागि विगत १२ वर्षदेखि यस भोजको आयोजन हुँदै आएको जनाइएको छ मिथिला संस्कृतिको सम्बन्ध विस्तारको सम्बन्धमा खिचडी भोज महत्वपूर्ण रहेको बताउँदै यसको निरन्तरता दिनुपर्ने आवश्यकता रहेको स्थानीय बताउँछन् । भोजमा विभिन्न राजनीतिक दलका नेता, उद्योगी, व्यापारी, स्थानीय, सञ्चारकर्मी तथा समाजसेवीको उपस्थिति रहेको थियो ।

Comment


Related News