२०७९ माघ २, सोमबार ०८:२२

पोखरामा आइतबार भएको विमान दुर्घटनाको दुःखमा आज सरकारले शोक विदा दिएको छ।

आइतबारको मन्त्रिपरिषद् निर्णय अनुसार आज दे‍शभर शोक बिदा रहनेछ भने राष्ट्रिय झन्डा आधा झुकाइने छ। विमान दुर्घटना लगत्तै बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार माघ २ गते शोक बिदा दिनुका साथै राष्ट्रिय झण्डा आधा झुकाउने तथा अत्यावश्यक बाहेकका सेवा र कार्यक्रम स्थगित गरिएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए। मन्त्रालयका अनुसार २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको कार्यक्रम पनि स्थगित गरिएको छ।

आइतबार काठमाडौंदेखि पोखराका लागि उडान भरेको यती एयरलाइन्सको एटीआर–७२ विमान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा सेती नदी नजिकको खोंचमा दुर्घटनाग्रस्त बनेको थियो। विमानमा चालक दलका ४ र यात्रुहरू ६८ गरी ७२ जना सवार थिए। त्यसमध्ये हालसम्म ६८ शव फेला परेको नेपाल नागरिक उड्ड्यन प्राधिकरणले जनाएको छ।

https://www.youtube.com/watch?v=lMUBG9jiTu0

Comment


Related News