अपडेट 
२०७९ माघ २, सोमबार ०८:३१

जनकपुर भन्सार कार्यालय जनकपुरधामले ९ महिनाको अवधिमा १४ करोड रुपैयाँ राजश्व संकलन गरेको छ ।

चालु आर्थिक वर्ष ०७९÷०८० को साउनदेखि पुस महिनासम्ममा कार्यालयले लक्ष्यको ६०.९३ प्रतिशत राजश्व संकलन गरिसकेको भन्सार अधिृकत केशव ओलीले जानकारी दिए । पुस महिनासम्म २३ करोड ६५ लाख ९६ हजार लक्ष्य निर्धारण गरिएकोमा १४ करोड ४१ लाख ६० हजार ७ सय ५३ रुपैयाँ राजश्व संकलन गरिएको छ भने चालु आवको असारसम्ममा ४९ करोड ४४ लाख ५२ हजार राजश्व संकलन गर्ने लक्ष्य कार्यालयले लिएको छ । यस अघि आ.व.०७८÷०७९ मा कार्यालयले ५३ करोड ५१ लाख ५७ हजार रकम लक्ष्य निर्धारण गरेकोमा २२ करोड ३८ लाख ५२ हजार २८ रुपैयाँ राजश्व संकलन गरेको थियो । त्यस्तै,आर्थिक वर्ष ०७७÷०७८ मा ४८ करोड ५५ लाख ९२ हजार लक्ष्य निर्धारण गरिएकोमा २२ करोड ७१ लाख ४३ हजार ३ सय ३८ रुपैयाँ मात्रै संकलन गरिएको कार्यालयले जनाएको छ ।

भारतबाट नेपाल भित्रिने किटनाशक औषधि,मार्वल टायल्स,कोयला,कपडा तथा सवारीवापत लाग्ने भन्सार शुल्क नै मुख्य राजश्व संकलनको आधार रहेको छ । कार्यालय प्रमुख ओलीका अनुसार सबभन्दा बढी कोयला आयात हुँदा उठ्ने राजश्व रहेको छ भने त्यस पछि हेर्ने हो भने भारतीय सवारी साधनको भन्सार कर वापत राजश्व संकलन गर्ने गरिएको छ । त्यसैगरी, प्रहरीले नियन्त्रणमा लिएर भन्सारमा बुझाउने गरेको अवैध सवारी साधन लिलामी वापत उठ्ने राजश्व भने यस वर्ष लिलामी प्रक्रिया ढिलाई हुँदा उठ्न सकेको छैन ।

Comment

Related News

Latest News

Trending News