अपडेट 
२०७९ माघ २, सोमबार १६:२९

भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएको छ ।

आइतबार प्राप्त नयाँ मूल्यअनुसार डिजेलको मूल्य घटेको र पेट्रोलको मूल्य भने बढेको निगमले जनाएको छ ।

नयाँ लागत मूल्य सूचीअनुसार डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ७० पैसा घटेर आएको छ भने पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आएको निगमको आपूर्ति तथा वितरुण विभाग प्रमुख वीरेन्द्र गोइतले बताए ।

भारतबाट नयाँ मूल्य प्राप्त भएपनि निगमले भने आन्तरिक बजारको उपभोक्ता मूल्य घटाउनेबारे निर्णय भने गरिसकेको छैन ।

Comment


Related News

Latest News

Trending News