अपडेट 
२०७९ माघ ३, मंगलवार ०७:४३

वीरगञ्ज महानगरपालिकाले सडकमा फोहोर फाल्नेहरुमाथि जरिवाना गर्ने भएको छ । घर वा पसलबाट निस्केको फोहोर तोकिएको समय भन्दा अगाडि वा पछाडि सडकमा फालेमा एक हजार रुपैयाँ जरिवाना तिर्नु पर्ने महानगरपाकिलाले जनाएको छ ।

सरसफाइको जिम्मा पाएको कम्पनीले बिहान सडक सफा गरेर जम्मा गरेको फोहोर उठाएर लगेको केही समयपछि वीरगञ्जका पसललेहरुले सडकमा फोहोर फ् याँक्दै आएका थिए । जसको कारण वीरगञ्ज दुर्गन्धित भएको भन्दै सडकमा फोहोर राख्नेलाई महानगरपालिकाले जरिवानाको प्रावधान अघि सारेको छ । महानगरपालिका ले तोकिएको समय भन्दा पछाडि सडकमा फोहोर फ्याक्नेलाई कारबाही गर्न सुरु गरेपछि बजार क्षेत्र तुलनात्मक रुपमा सफा देखिएको छ । महानगरपालिकाले सडकपेटीमा जथाभावी फोहोर फाल्ने एक जनालाई सोमबार कारवाही गर्दै जरिवाना गरेको छ । महानगरले सोमबार रिङर ोडमा फोहोर फालेका कारण पप्पु जाटियालाई १ हजार रुपैयाँ जरिवाना तिर्न लगाएको हो । महानगरले अनावश्यक रुपमा जथाभावी फोहोर फाल्नेलाई कारवाही गर्ने अभियान नै सञ्चालन गरिएको जनाएको छ ।

पटक–पटक जानकारी दिँदा पनि नमानेपछि कारबाही स्वरुप जरिवाना नै गर्न थालिएको महानगरपालिका सरसफाई तथा वृक्षरोपण शाखा अधिकृत सर्फुद्दिन मियाँले जानकारी दिए । उता महानगरलाई सफा बनाउने अभियानमा एकजना मात्रले केही गर्न नसक्ने भएको हुनाले सबै मिलेर हातेमालो गर्दै महानगरलाई स्वच्छ हराभरा बनाउन लाग्नुपर्ने सरसफाई तथा वृक्षरोपण सँयोंजक प्रकाश खेतानको धारणा रहेको छ ।

Comment

Related News