अपडेट 
२०७९ माघ ३, मंगलवार ०८:०४

नेपालमा गणतन्त्रको स्थापना एउटा राजनीतिक ढाँचाको अन्त र नयाँ राजनीतिक ढाँचाको शूरुआत मात्र थिएन । यो समग्र राजनैतिक र साँस्कृतिक चिन्तनको शुरुआत तथा पुरानो चिन्तनबाट सम्बन्धविच्छेदको शुरुआत पनि थियो । यो निर्णायक रुपमा राजतन्त्रात्मक व्यवस्थाबाट सम्वन्धविच्छेद त थियो नै, धार्मिक संकीर्णता, एकल राष्ट्रियता र शाही सँस्कृतिको गर्वबाट मुक्त हुनुपनि थियो । वर्तमान गणतान्त्रिक राज्य कुनै राजाको तलवारबाट होइन, बरु राजाको तलवारबाट गठित राज्यव्यवस्थाबाट मुक्त हुनको निम्ती समग्र उत्पीडित नेपाली जनताको अथक सामूहिक संघर्ष, बलिदान, त्याग र तपस्याको परिणाम हो । त्यसैले यस राज्यको पहिचानमा यस देशमा बस्ने सबै वर्ग समुदायको साझापना परिलक्षित हुनु पर्छ । तर नेपाली समाजमा अहिलेपनि पुरानो राजनीतिक समाजको एउटा हिस्सा विद्यमान छ, जस्ले नेपाललाई पुरानै पहिचानमा फर्काउन चाहन्छ । राजनीतिक पार्टीको रुपमा यस्को नेतृत्व राजतन्त्रवादी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गर्छ, तर राजतन्त्रले शाही गौरवहरु तथा सँस्कृतिमा आधारित राष्ट्रबारे खडा गरेको भाष्य (न्यारेटिभ)प्रति झुकाव राख्नेहरु गणतन्त्रवादी दलहरुभित्र छन् । राजतन्त्रले खडा गरेको राष्ट्रवादका आधारहरु हिन्दु राजतन्त्र, गोर्खाली खस शाही परम्परा, पहाडिया संकीर्ण सामुदायिक चेतना, हिन्दु उच्च जातिय अहंकार हो । २०१७ सालमा राजा महेन्द्रले ००७सालमा उदार लोकतन्त्रवादी चेतना र संसदिय लोकतन्त्रलाई निमोठेर पञ्चायती तानाशाही लागू गरेपछि आफ्नो निरंकुश राजाशाही टिकाउन यो संकीर्ण हिन्दु धार्मिकता तथा पहाडिया उच्च जातिय अहंकारमा आधारित भाष्यहरु खडा गरे । राष्ट्रनिर्माता र राष्ट्रिय एकताको प्रतीक पृथ्वीनारायण शाह, राष्ट्रभाषा नेपाली, तथा राजाको संस्कृति नेपाली सँस्कृति (दौरा सुरुवाल, टोपी, नेपाली भाषा अर्थात भेष, भाषा र रहन सहन) नेपाली राष्ट्रवादको परिचय भए । यसलाई साँस्कृतिक उत्तेजनामा बाँध्ने काम राजा महेन्द्रका अनुग्रहका आकांक्षी इतिहासकार र विद्वानहरुले गरेका थिए । राष्ट्रियताका यी संकीर्ण प्रतीक र परम्पराहरुलाई पञ्चायती निरंकुश सम्विधानले पनि मान्यता दिएको थियो ।यसै कारण तराई मधेशमा बस्नेहरु, आदिवासी जनजातिहरु, अन्य धर्मावलम्बी र साँस्कृतिक समुदायहरु शाहीराज्यको राष्ट्रिय सँस्कृतिको सामू दोयम, हेय र विभेदित थिए ।०६४मा गणतन्त्रको स्थापनाको निहितार्थ राजतन्त्रबाट मुक्तिसंगै यी पुराना राष्ट्रिय संकीर्णताबाट मुक्तिपनि थियो । वर्तमानमा, राजतन्त्रको वकालत गर्ने राष्ट्रिय प्रजातन्त्रवादी पार्टी (राप्रपा) ले पृथ्वीनारायण शाह लगायत शाही राष्ट्रवादी प्रतीकहरुको वकालत गर्नु स्वाभाविक नै हो । यस व्यवस्थामा राजनीति गर्नलाइउनिहरुसंग अरु विकल्पपनि छैन । तर यस पटकको संसदमा आफूलाई गणतन्त्रवादी, लोकतन्त्रवादी र वामपन्थी भन्नेहरु राजनीतिक दलका नेताहरुले जसरी पृथ्वीनारायण शाह र दौरा सुरुवाल लगायत शाही राष्ट्रियताको प्रतीकहरुलाई अलंकृत गरेका छन्, त्यो विडम्बनापूर्ण छ । यसले आफूलाई वीपी, पुष्पलाल, माक्र्स, लेनिन र माओ लगायत लोकतान्त्रिक र साम्यवादी विचारकहरुको अनुयायी भन्ने नेता र पार्टीहरुले आत्मसमीक्षा गर्नु पर्ने देखिन्छ । भर्खरै एक जना पत्रकारसंग कुरा गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पृथ्वीनारायण शाहले नेपालको एकीकरण नगरे हामी कहाँ हुन्थ्यौँ भनेर तर्क गरे । यसरी उनले पृथ्वीनारायण शाहलाई नेपालमा हो ?यथार्थमा दौरा सुरुवाल र टोपी पहाडमा बस्नअहिलेपनि राष्ट्रियताको प्रतिकको रुपमा पगडी गुँथाई रहेका थिए ।

एमालेभित्र यस्तो सोँच्नेहरुको ठूलो समूह छ । त्यसरी नै संसदमा विश्वासको मत लिनेबेला उठेको प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दौरा सुरुवाललाई आम नेपाली जनताले लगाउने पोसाकको रुपमा व्याख्या गरे । उनले जनयुद्धकालमा आफूले पृथ्वीनारायण शाहको छापामार युद्धकोशलबारे धेरै पढेको तथा उनको सैन्य कदमलाई आफूले त्यसैबेला अग्रगामी कदम भनेको धारणा राखेका थिए । प्रम प्रचण्डले संसदमा बहुमत सिद्ध गर्न राप्रपा र अन्य दक्षिणपन्थी संसदिय दलको मत पाउनको निम्ती उनिहरुलाई खुशी पार्न यस्तो भनिरहेका थिए, भन्नेपनि छ । तर संघीय लोकतान्त्रिक गणतन्त्रको संसदमा प्रधानमन्त्रीको कुसीमा बसेर प्रचण्डले यसो भन्नु एकातिर वर्तमान सम्विधानको मर्मको विपरीत त थियो नै, यो लोकतान्त्रिक आँन्दोलन तथा ‘वर्गीय, जातीय, क्षेत्रीय, र लैङ्गिक’ उत्पीडनबाट मुक्तिको उद्देश्य सहित भएको महान जनयुद्धको वैचारिकता, संघर्ष र सहादतको भावना विपरीतपनि थियो ।नेपाली काँग्रेसभित्र त बजाफ्ते राजतन्त्र र हिन्दु राष्ट्रको वकालत गर्ने एउटा गूट नै छ । ओली होस प्रचण्ड वा कुनै नेकाका नेता, सबै आफ्ना वैचारिकता, सैद्धान्तिकता तथा जनप्रतिवद्धताका विरुद्ध देखिन्छन् ।ओली होस प्रचण्ड वा कुनै नेकाका नेता, सबै आफ्ना वैचारिकता, सैद्धान्तिकता तथा जनप्रतिवद्धताका विरुद्ध देखिन्छन् । । के प्रचण्डले भने जस्तै दौरा सुरुवाल आम नेपालीले लगाउने पोसाकएउटा समुदाय विशेषले लगाउने पोसाक हो । यात्यतिनै सम्मानित र राष्ट्रिय हो जति नेपालका अन्य क्षेत्रमा बस्ने समुदायले लगाउने धोती, कुर्ता, गम्छा, लुंगी वा अन्य कुनै समुदायको पोसाक । पञ्चायती तानासाहीको बेला अनिवार्य गरिएकोले बाध्यतामा र अधिकतम् राजतन्त्रको भक्ती देखाउन तराई मधेशमा सत्ता निकटका मानिसहरु तथा कर्मचारीहरुले दौरा सुरुवाल र टोपी लगाउने गर्थे । पछि पञ्चायती राष्ट्रवादको प्रचारित भाष्यबाट प्रभावित राष्ट्रवादी फेसनको रुपमापनि केही बौद्धिकहरुले दौरा सुरुवाल र कथित नेपाली टोपी लगाउने गर्थे, अहिलेपनि लगाउने गरेका छन् । तर दौरा सुरुवाल र टोपी सबै नेपाली जनताले लगाउँछन् भन्ने सत्य होइन । नेपालमा आम नेपालीले लगाउने पोसाकमा विविधता छ । गणतन्त्र यी सबै पुरानो राजनैतिक साँस्कृतिक परम्परा र चिन्तनबाट मुक्तिपनि हो । राजनीतिक शब्दावलीमा भन्ने हो भने नेपालमा गणतन्त्रको स्थापना राष्ट्र राज्यको मान्यताको क्रमभंग पनि थियो । तर गणतन्त्रवादीशक्तिहरुको अन्यौल र अस्थिरताको कारण ती पुरातनशक्तिहरु पुनः नेपाली समाजलाई पछाडी फर्काउन चाहन्छन् । अब त गणतन्त्रवादी पार्टीहरुभित्र पनि यी तत्वहरु सक्रिय देखिन थालेका छन् । वस्तुतः नेपाली समाजलाई वास्तविक अर्थमा एकीकृत गर्नलाई राष्ट्रियता होइन, देशभक्तिको आवश्यकता छ । राष्ट्र जस्मा एउटै खाले परम्परा, सँस्कृति र समुदाय अँटाउन सक्छ ; र देश, जस्मा विविध समुदाय र सँस्कृति समान अधिकार र सम्मान सहित हार्दिकतापूर्वक बस्छन् । गणतन्त्र वस्तुतः देशकै परिचायक हो, जस्को इतिहासमा सबैको योगदान बराबर अंकित हुन्छ ।गणतन्त्र स्थापना पछि राजतन्त्रका अन्य श्रृंखला त सजिलै टुटेका छन् ।तर पृथ्वीनारायण शाहको ऐतिहासिकता अहिलेपनि विवादमा छ ।पृथ्वीनारायण शाह वर्तमान राष्ट्रका निर्माता हुन् ? उनले नेपालको एकीकरण गरेका थिए, वा उनको सैन्यअभियान गोरखाराज्यको विस्तारीकरण थियो ?यथाथके हो भने पृथ्वीनारायण शाह तत्कालिक ऐतिहासिकआवश्यकताका परिणाम हुन् । पृथ्वीनारायण शाह एउटा चतुर र कुशल सैन्य संगठक राजा थिए र यो नेपाल उनको सैन्य विजय अभियानको परिणाम हो भन्नेमा दुईमत छैन । वस्तुतः वर्तमानमा उनको भूमिका, गर्व र घृणा, दुबैभन्दा भिन्नइतिहासको एउटा योग्य राजाभन्दा बढी केही होइन । तर अहिले जसरी उनलाई राष्ट्रियतासंग जोडिन्छ, त्यो इतिहासबोध बारे अज्ञानताको परिणाम हो । किनभने उनको समयमा अहिले जस्तो राष्ट्रियताको ऐतिहासिक तत्व जन्मेकै थिएन ।

त्यतिबेला सबै राजा, राजपरिवारमा केन्द्रित हुन्थ्यो, राजा सार्वभौम हुन्थे र शक्तिको स्रोत सैन्यबल हुन्थ्यो भने आधुनिक चेतनाले जनतालाई सार्वभौम भनेको छ । यस बारेमा नेपाली राजनीतिका शीर्ष राजनीतिज्ञ र चिन्तकहरु पुष्पलाल र वीपी कोइरालाको विचार सान्दर्भिक छ । ‘राष्ट्रियता ः नेपालको सन्दर्भमा’ नामक लेखमा विपी कोइराला लेख्छन् ः “वर्तमान नेपालको गठन गोर्खाको एउटा राजा पृथ्वीनारायण शाहको विजय अभियानको सफल परिणाम हो । अठारौँ शताब्दीमा हिन्दूस्तानी भूभागमा मुगल साम्राज्यको अन्यत्यपछि उत्पन्न अशान्ति र अस्थिरताको स्थितिको लाभ उठाउँदै अनेकौँ राजा महाराजा, जागिरदार तथा साहसी सरदारहरु आ आफ्नो क्षेत्रको विस्तार र नयाँ नयाँ राज्य गठनमा तँछाडमछाड गदै विजयको होडमा लागेका थिए । पृथ्वीनारायण शाहपनि त्यस्तै राजा हुन् । उनि आफ्ना छिमेकका राजा रजौटा भन्दा बढता साहसी तथा उनका सेना सञ्चालकहरु शत्रुपक्षभन्दा बढी दक्ष र रणकौशल थिए । पृथ्वीनारायण शाह तथा उनका उत्तराधिकारीहरुको तत्कालीन उद्देश्य गोरखाराज्यको विस्तारभन्दा बढी अरु केहीपनि थिएन । त्यसलाई राष्ट्रिय एकता अभियान थिए भनेर एउटा ऐतिहासिक महत्व दिन खोज्नु गलत हुनेछ । त्यस समयमा नेपाली राष्ट्रियता भन्ने भावना वा कल्पनासम्म पनि थिएन । त्यो त पछि उदय भएको एउटा ऐतिहासिक तत्व हो ।” वीपीको राष्ट्रियता प्रगतिशील हो, जस्ले जनतालाई केन्द्रमा राख्छ । त्यसै लेखमा, उनले (भने जस्तै) राष्ट्रियताको ऐतिहासिक तत्व नेपालको इतिहासमै पहिलो पटक २००७सालको ‘क्रान्ति’मा जनताको एउटा सामूहिक प्रयासबाट जन्मिएको उल्लेख गरेका छन् । यस्तै नेपालमा कम्युनिस्ट राजनीतिक विचारधाराका शीर्ष नेता पुष्पलालले ‘नेपाली जनआन्दोलन ः एक समीक्षा’ नामक कृतिमा पृथ्वीनारायण शाहको उदयलाई तत्कालीन स साना राजा रजौटाहरुको बीचमा हुने आपसी प्रतिस्पद्र्धाको निम्ती हुने संघर्षले विभिन्न राज्यमा विभक्त भई बसेका भूमिपति बन्द व्यापारी विभिन्न तहका मध्यमवर्गीय जनताको असन्तुष्टिको परिणाम भनेका छन् । उनले लेखेका छन् ः “…उनिहरु चाहन्थे विभिन्न इलाकीय सामन्ती राज्यको सट्टा एक केन्द्रीय सामन्ती राज्यसत्ताको स्थापना हो, जस्ले देशमा शान्तिको व्यवस्था गर्न सकोस र उद्योग बन्दव्यापार, खेतीपाती फलोस फुलोस । पृथ्वीनारायण शाहलाई जसैजसै एकपछि अर्को राज्य जिती साँध मास्न सफलता मिल्दै गयो, उसै उसै जनलाई उक्त वर्गहरुको सहयोग र समर्थन प्राप्त हुँदै गयो । ” पृथ्वीनारायण शाहले ‘इलाकीय साँध मासेर केन्द्रीय सामन्ती राज्यसत्ता’ कायम गर्न सफल त भए, तर के उनमा अहिलेको जस्तो कुनै जनताप्रति केन्द्रित राष्ट्रिय बोधपनि थियो ? पुष्पलालको निष्कर्ष रोचक छ । उनले लेखेका छन् ः ” (केन्द्रीय सत्ता निर्माणपछि)..यसले गर्दा नेपालको राष्ट्रिय बजार बढद थाल्यो । पृथ्वीनारायण शाहले यसै अनुरुपको औद्यौगिक र बन्द व्यापारको नीति अपनाए । उनको नीति थियो —‘प्रजा मोटा भया दर्बार बलियो हुन्छ, राजाका भण्डार भन्याका रैतानहरु हुन् ।

’ यसकामतलब जनताको शोषणमा वृद्धि गरेर नै शाही परिवार र सामन्त भाइ भारदार मोटाउन सक्छन् भन्ने हुन्छ ।“ राजतन्त्रवादीहरुले यसलाई पृथ्वीनारायण शाहको प्रजाप्रियताको रुपमा व्याख्या गर्ने गर्छन्, तर त्यसपछि शाही शासनले जसरी विभिन्न निहुँमा र अवसरमा जनतामा कर असुल्ने गथ्र्यो, त्यसबारे अध्ययन गरे पुष्पलालको निष्कर्षको सटिक सार्थकता बुझ्न सकिन्छ । जनयुद्धको दस्तावेजमा समेत पृथ्वीनारायण शाहबारे स्वयं प्रचण्डको निष्कर्ष पुष्पलालको निष्कर्षसंग मिल्दो छ । उनले जनयुद्धको दस्तावेजमा पृथ्वीनारायण शाहको सैन्य अभियानलाई गोरखा राज्यको विस्तारीकरण भनेका छन् । यससंगै एउटा उल्लेखनीय ऐतिहासिक तथ्य के हो भने सन्. १९१०देखी लागू भएको मुलुकी ऐनमा गोरखाराज्यको उल्लेखले पनि पृथ्वीनारायण शाहले नेपाल होइन, गोरखाराज्यको विस्तार गरेका थिए भन्ने बोध उनमा मात्र होइन उनीपछिका शाहवंशीय राजा र सत्तामा थियो भन्ने पुष्टि हुन्छ । तर यी तमाम ऐतिहासिक तथ्यहरुका बावजूद यस वर्ष पुस २७ गते सरकारले पृथ्वी जयन्ती मनायो, राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरुले पृथ्वीनारायण शाहको महिमा गाए, उनलाई राष्ट्रिय एकताको प्रतीक भने, सेनाले सलामी दियो ।यद्यपि यथार्थमा पृथ्वीनारायण शाह एकता होइन एकल राष्ट्रियताका प्रतीक हुन् । विगतका वर्षहरुमा राज्यले पृथ्वी जयन्ती मनाउन छाडेको थियो । तर यस वर्ष मनायो । यस वर्ष संसद र प्रदेशमा पनि राप्रपाको उपस्थिति छ । यसले स्थापना कालमा अग्रगामी चरित्रको गणतन्त्र केही पछाडी हटेको छ । यस्को चरित्रमा पश्चगामिता र प्रतिगामिताको लक्षण हो यो । यस गणतन्त्रको रथ अगाडी जनतन्त्रमा जाने हो वा फासीवादी पश्चगामितातिर जाने हो भन्ने भविष्य जनताको अग्रगामिता र जनवादी चरित्रमा निर्भर गर्छ । अहिलेको स्थिति भने गञ्जागोल छ, राजनीतिक प्रतिनिधिहरु पूर्णतः अवसरवादी भएका छन् र प्रतिगामी तत्वहरु उत्साहित छन् ।

Comment

Related News

Latest News

Trending News