अपडेट 
२०७९ माघ ३, मंगलवार ०८:१९

वीरगञ्ज महानगरपालिकामा सञ्चालित क्यासिनोहरु अपराधको अखाडा बन्दै गएको छ । सञ्चालनमा रहेका चारवटा क्यासिनोमा विदेशी पर्यटक भन्दा पनि नेपालीहरुको भीड हुने गरेकोले पनि क्यासिनोहरु अपराधिक स्थल बन्दै गएको हो ।

वीरगञ्जको होटल भिषवा र सुरजमा लगभग एक दशक देखि मिनी क्यासिनो सञ्चालन हुँदै आएको छ भने दियालो लड्स र होटल कलार्कमा केही महिना देखि क्यासिनो संचालन सुरु भएको छ । पर्सा प्रहरीले तास जुवामा कडाइ गरेपछि स्थानीय जुवाडेकोहरुको लागि क्यासिनोहरु सुरक्षित स्थल बनेका छन् । मुख्य रुपमा वीरगञ्जको केन्द्रमा रहेको होटल सुरज र होटल दियालो लड्समा रहेको किँग्स क्यासिनोमा स्थानीय जुवाडेहरुले एक दिनमा लाखौ रुपैयाँ हार्ने गरेको छपकैयाका एक जुवाडेले बताए । उनले भने ‘वीरगञ्जका तस्कर देखि व्यापारीहरु म्यारेज र प्mलास खेल्न किँग्स क्यासिनोमै पुग्ने गरेका छन् ।’ एउटा टेबुलमा ६ जना खेलाडीहरुले प्रति राउण्ड एक–एक गरी ६वटा क्वाइन्स बोर्ड तिर्नु पर्ने हुन्छ ,सो अनुसार एक राउण्डको म्यारेज खेलमा २ हजार बोर्ड लाग्ने गरेको छ । प्रत्येक दिन ७ देखि १० लाखसम्म उक्त क्यासिनोको आम्दानी हुने गरेको बताइन्छ । आफूहरु आइडी प्रुफ हेरेर विदेशी भए मात्र क्यासिनोमा प्रवेश गर्न दिएको किँग्स क्यासिनोका एक सञ्चालकले बताए । उनले भने,‘नेपाली भए पनि उनीहरु भारतीय आधार कार्ड लिएर आउने गरेका छन् । किँग्स क्यासिनामा नेपालीहरुको प्रवेश बढेको खबर आफूले पनि पाएको र केही दिन अगाडि विर्ता वडा प्रहरी कार्यालय र जिल्लाको संयुक्त टोलीले छापा हानेको पर्सा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए । तर, राति८बजे तिर गरेको छापामारीमा एक जना नेपाली मात्र फेलापरेको र उनले पनि भारतीय आधार कार्ड प्रयोग गरको प्रहरी उपरीक्षक शाहले स्पष्ट पारे । क्यासिनो नियमावली २०७० को संशोधित २०७६ अन्तर्गतको मापदण्ड पूरा नगरी अवैध रुपमा वीरगञ्जका कतिपय क्यासिनो सञ्चालन गर्दै आएको आरोप समेत लागेको छ । पूर्वमन्त्री देखि ठूला राजनेता तथा पहँुचवालाहरुले क्यासिनो संचालन गरेको कारण पनि स्थानीय प्रशासनले चाहेर पनि केही गर्न नसक्ने वीरगन्ज महानगरपालिकाका वडा अध्यक्ष आशुतोष चतुर्वेदीको भनाइ छ । उनले भने,‘किँग्स क्यासिनो वाहेकका अधिकांश क्यासिनोहरु पहुँच र मिलिजुली रुपमा चलिरहेका छन । क्यासिनो नियमावली अनुसार ५ किलोमिटर भित्र एक भन्दा बढी क्यासिनो संचालन गर्न निषेध छ ।

संशोधित नियमावली अनुसार मिनी क्यासिनो सञ्चालनका लागि ४ तारे होटल हुनुपर्ने अनिर्वाय हुन्छ भने १५ करोड रुपैयाँ चुक्ता पूँजी हुनपर्ने हुन्छ नियमावलीमा स्पष्ट रुपमा उल्लेख गरिएको छ । सोही नियम अनुसार २६ माघ, २०७८ मा पर्यटन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट पर्यटन विभागले नेपालगंजस्थित ड्रिमल्याण्ड होटलमा संचालित ह्याप्पी आवर प्राईभेट लिमिटेड अन्तर्गतको क्यासिनो र उक्त होटल बन्द गर्न पत्राचार पनि गरेको थियो । पर्यटन मन्त्री प्रेम बहादुरले आलेले रोयाल्टी लगायतको दस्तुर नबुझाउने क्यासिनो कम्पनीलाई बन्द गर्ने निर्णय गरेपछि ह्याप्पी आवर प्रालि बन्द हुन पुगेको थियो । तर, वीरगञ्जका होटल सुरज र होटल भिषवा चार तारे होटल नभए पनि दुबै होटलमा पहँुचको भरमा मिनी क्यासिनो संचालित छन् । स्तर वर्गीकरण नभएको होटलमा क्यासिनो संचालन गर्न पाइँदैन । तर, पर्यटन विभागले यसको साथै एउटा कम्पनीले एउटा क्यासिनो मात्र संचालन गर्नुपर्ने प्रावधान छ । तर, रक इन्टरनेश्नल प्रा.लि र सेन्ट्रल मिडिया ग्रुप प्रा.लि (सिएमजी) ले नियमलाई लत्याउँदै चार ÷ चार स्थानमा क्यासिनो संचालन गर्दै आएको छ । जबकी यी क्यासिनोहरुले राजश्व समेत बुझाएका छैनन् । ०६६ सालमा दर्ता भएको रक इन्टरनेश्नलले धनगढीको होटल साथी, वीरगञ्जको होटल सूरज, भैरहवाको होटल बोधी रेडसन र काँकडभिठ्ठाको होटल रियाजमा क्यासिनो संचालन गर्दै आएको छ । यो क्यासिनो कम्पनी किशोर सिलवाल र सिलवालकी श्रीमती उषा सिलवाल थापाको हो । त्यस्तै ०६५ सालमा दर्ता भएको सिएमजीले महेन्द्रनगरको होटल ओपेरा, रुपन्देहीको होटल ड्रिमल्याण्ड, वीरगञ्जको होटल भिषवा र विराटनगरको होटल रत्नमा क्यासिनो संचालन गर्दै आएको छ । यो क्यासिनो कम्पनी पूर्व सांसद नरेन्द्र शाह कलवारको रहेको बुझिएको छ ।

Comment


Related News

Latest News

Trending News