अपडेट 
२०७९ माघ ३, मंगलवार ०८:३१

रामानन्द युवा क्लबको अध्यक्षमा शशिभुषण झा (आशुतोष) प्यानलसहित विजयी भएका छन् ।

झा १ सय २२ मत ल्याएर विजयी भएका छन् भने उनका एक मात्र प्रतिद्वन्द्वी भरत सिंहले ७२ मत ल्याएका छन् । क्लबको उपाध्यक्षमा झा प्यानलकै सन्तोष मान सिंह विजयी भएका छन् । उनले १ सय २८ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी राजेश दासले ६१ मत ल्याएका छन् । त्यस्तै महासचिवमा रोशन मिश्र ९६ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी सन्तोष ठाकुरले ९१ मत प्राप्त गरे । कोषाध्यक्षमा मिथिलेश झा १ सय ८ मत ल्याइ विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी राम विशेश्वर साहले ८२ मत ल्याएका छन् ।

त्यसैगरी, सदस्यहरुमा र ाजकुमार मिश्र (१२२), सन्तो ष मुखिया (११२), उदयशंकर साह (११५), रुपेश सिंह (११०), चिरञ्जीवी प्रसाद सिंह (१०७) तथा राजीब झा (८५) विजयी भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिले दिएको जानकारी अनुसार सोमबार बिहानदेखि साँझ ५ बजेसम्म भएको मतदानमा १ सय ९५ जना सदस्यहरुले मतदान गरेका थिए भने क्लबमा २ सय ३६ सदस्य रहेको जनाइएको छ ।

Comment

Related News