२०७९ माघ ३, मंगलवार ०८:३९

वडा प्रहरी कार्यालय विर्ताले वीरगञ्जको आदर्शनगरस्थित एक ट्रान्सपोर्टको गोदाममा छापामारी गरेको छ ।

वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्ल नेतृत्वको विशेष प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित राजेश मल्लिकले संचालन गरेको श्री पाथिभरा ट्रान्सपोर्टमा छापामारी गरी अवैध रुपमा भन्सार छली ल्याएको कपडाको पोकासहितका अन्य सामग्रीहरु बरामद गरेको छ । माघ १ गते आइतबार अबेर राति आदर्शनगरस्थित उक्त ट्रान्सपोर्टबाट अवैध रुपमा भन्सार छली गरी ल्याइएको सामानहरु लोड गरी लैजाँदै गरेको सूचनाको आधारमा खटिएका विशेष प्रहरी टोलीले उक्त ट्रान्सपोर्टको गोदाममा चेकजांच गर्दा बिलविजक बिनाका कपडाको पोका तथा अन्य शंकास्पद सामग्रीहरु बरामद भएको वडा प्रहरी कार्यालय विर्ताले जनाएको छ ।

३ लाख भन्दा बढीको बिल नभएको सामग्रीहरु र शंकास्पद बिलविजक भएका हार्डवेयर, लत्ताकपडा तथा चकलेटका सामानहरु फेला परेको जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News