अपडेट 
२०७९ माघ ३, मंगलवार ०९:२१

जनता समाजवादी पार्टी (जसपा) ले मन्त्रालय भागवण्डामा असहमति जनाएको छ ।

सोमबार राति बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले गरेको मन्त्रालय भागवण्डाको निर्णयप्रति असहमति जनाउँदै निर्णय पुनर्विचार नगरिए सरकारमा नजाने जसपाले जनाएको हो ।

बैठकमा जसपालाई २ मन्त्रालय प्रस्ताव गरिएकोमा जसपा अध्यक्ष उपेन्द्र यादवले असहमति जनाएका थिए ।

त्यस्तै, गठबन्धनको सबैभन्दा ठुलो दल एमालेले ८ वटा मन्त्रालय, माओवादी केन्द्रले प्रधानमन्त्रीबाहेक ४ वटा मन्त्री र एक राज्यमन्त्री, राप्रपाले ३ मन्त्री र एक राज्यमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि ३ मन्त्री र एक राज्यमन्त्री र जनमत पार्टीले एक मन्त्री पाउने सहमति भएको हो ।

Comment


Related News

Latest News

Trending News