
मधेस प्रदेशमा सत्तारूढ गठबन्धनका रामचन्द्र मण्डल सभामुखमा निर्वाचित भएका छन् ।
नेकपा एमालेका उम्मेदवार मण्डलले मंगलबार दिउँसो भएको मतदानबाट सभामुखमा निर्वाचित भएका हुन् । मधेस प्रदेशसभामा मंगलबार भएको मतदानमा मण्डलले ७४ मत प्राप्त गरेका हुन् । उनको विपक्षमा भने २९ मत परेको थियो ।