अपडेट 
२०७९ माघ ३, मंगलवार १८:०७

सप्तरीको शम्भुनाथ नगरपालिकामा कार्यरत इन्जिनियर रामचन्द्र साह घुससहित पक्राउ परेका छन् ।

निर्माण कार्यको भुक्तानी बापत सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटेको टोलीले इन्जिनियर साहलाई मंगलबार पक्राउ गरेको हो ।

उनी सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ घुसबापतको रकम लिइसकेको अवस्थामा पक्राउ परेका हुन् ।

पक्राउ परेका इन्जिनियर साहमाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

Comment


Related News