अपडेट 
२०७९ माघ ३, मंगलवार १९:०८

बालिका बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको छ ।

न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले अभिनेता शाहलाई सफाइ दिएको हो । बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै अदालतले शाहलाई सफाइ दिएको हो ।

यसअघि नवलपुर जिल्ला अदालतले शाहलाई साढे २ वर्ष कैद सजाय सुनाएको थियो । सो फैसलाका कारण उक्त सजाय काटेपछि मात्र उनी रिहा हुने बताइएको छ ।

Comment

Related News

Latest News

Trending News