
मधेस प्रदेशको उपसभामुखमा सत्तारुढ गठबन्धनकी बबिताकुमारी राउत ईशर निर्वाचित भएकी छन् ।
१०१ जना सांसद उपस्थित रहेकोमा राउतको पक्षमा ७२ मत खसेको थियो भने विपक्षमा २९ मत खसेको थियो ।
राउतलाई नेकपा एमालेका २३, जसपाका १६, जनमतका १३, लोसपाका ९, माओवादी केन्द्रका ७, नागरिक उन्मुक्ति पार्टीका १, नेपाल संघीय समाजवादी पार्टीका १, राप्रपाका १ र ५ जना स्वतन्त्र प्रदेशसभा सदस्यले मतदान गरेका हुन् ।