अपडेट 
२०७९ माघ ४, बुधबार ११:२५

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य मंगलबारको तुलनामा प्रतितोला ६ सय रुपैयाँले घटेको छ । मंगलबार हिजो प्रतितोला १ लाख ५ हजार १सयमा कारोबार भएको सुनको मूल्य आज १ लाख ४ हजार ५ सय तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार छ । यसको मूल्य अघिल्लो दिन १ लाख ४ हजार ६ सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ३ सय ७५ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

Comment


Related News

Latest News

Trending News