अपडेट 
२०७९ माघ ४, बुधबार १३:३६

मधेस प्रदेशका नवनिर्वाचित सभामुख रामचन्द्र मण्डल र उपसभामुख बबिताकुमारी राउत ईशरले पद तथा गोपनीयताको सपथ लिदैं पदभार ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले सभामुख मण्डल र उपसभामुख ईशरलाई पद तथा गोपनियताको सपथ खुवाए लगत्तै प्रदेशसभा पुगेर उनीहरुले पदभार सम्हालेका हुन् ।

मंगलबार बसेको प्रदेशसभा बैठकमा मण्डललाई सभामुखमा चयन गरियोस् भन्ने प्रस्तावको पक्षमा ७४ मत अर्थात् बहुमत सदस्यको समर्थन प्राप्त भएको थियो ।

यसैगरी जनमत पार्टीकी उम्मेदवार बबिताकुमारी राउत ईशरलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने पक्षमा ७२ मत प्राप्त भएको थियो ।

Comment


Related News