२०७९ माघ ५, बिहीबार ०८:०५

जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले माघ १५ गतेदेखि सरसफाइ सम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गरिने बताएका छन् ।

मारवाडी महिला मञ्च जनकपुरधामले बुधबार आयोजना गरेको सफाइ कर्मचारीहरुलाई सामग्री वितरण कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका छन् । जनचेतनाको अभावमा जनकपुरधाम उपमहानगरपालिकामा चाहेको जस्तो सफा सुग्घर बनाउन नसकिएको स्विकार गर्दै सफाइप्रति जागरुकताका लागि अभियान नै सञ्चालन गर्न लागेको जानकारी दिए । मारवाडी सेवा समितिका अध्यक्ष निर्मल चौधरीको विशेष उपस्थितिमा भएको सो कार्यक्रममा मारवाड़ी महिला मञ्चले जनकपुरधाम उप– महानगरपालिकामा कार्यरत सरसफाइ कर्मचारीहरुलाई कम्बल,बाल्टी, मग तथा खाद्यान्न सामग्री वितरण गरेको थियो । मञ्चले धार्मिक तथा सांस्कृतिक नगरी जनकपुरधामलाई सफा र सुग्घर बनाउनका लागि अहोरात्र खट्ने सफाइ कर्मचारीहरुलाई सामग्री प्रदान गरी मनोबल बढाउने काम गरेको प्रति कार्यक्रमका वक्ताहरुले मञ्चलाई धन्यवाद दिएका थिए ।

Comment


Related News

Latest News

Trending News