अपडेट 
२०७९ माघ ५, बिहीबार १४:३७

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले पदका लागि नभइ देशलाई सङ्कट परेको बेलामा राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष राउतले पदका लागि नभइ देशलाई सङ्कटबाट बाहिर लैजान राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताउनुभएको हो । उहाँले राष्ट्रिय सहमति केका लागि हो भन्दै सदनमा प्रश्नसमेत गर्नुभयो । उहाँले मधेसवादी दलहरूलाई बाहिर राखेर कस्तो खालको राष्ट्रिय सहमति खोजेकाे हो भन्दै प्रश्न पनि गर्नुभयो । अनुहार, जाति र समुदायभन्दामाथि उठेर राष्ट्रिय सहमति खोज्न उहाँकाे आग्रह छ ।

उहाँले भन्नुभयो, ‘सभामुखको चुनावका लागि विभिन्न दलबाट उम्मेदवार आउनुभएको छ । राष्ट्रिय सहमतिको कुरा आयाे । राष्ट्रिय सहमति केका लागि ? पदका लागि मात्रै हो कि ? देश सङ्कटमा परेकाे बेलामा राष्ट्रिय सहमतिको कुरा गर्न मिल्दैन । पदका लागि मात्रै किन कुरा ? दलभन्दामाथिको कुरा गरिन्छ ।’

सांसद राउतले माघ ५ गते मधेस आन्दोलनका शहीदहरूलाई सम्मान गर्न संसदमा एक मिनेट मौनधारण गर्न आग्रह गर्नुभएको थियो । जसमा संसदमा उपस्थित धेरैजसाे दल र सांसदले एक मिनेट उठेर मौन धारण गरेका थिए ।

Comment

Related News

Latest News

Trending News