२०७९ माघ ६, शुक्रबार ०८:०४

मधेश सरकारले बिहीबार पाँचौँ बलिदानी दिवस मनाएको छ । पहिलो मधेश आन्दोलन भएको बिहीबार १६ वर्ष पुगेको छ ।

०६३ साल माघ ५ गते प्रथम मधेश आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोले शहादत प्राप्त गरेका थिए। महतोले शहादत प्राप्त गरेपछि मधेशी दल तथा प्रदेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ। मत्रेश सरकार गठन भएपछि औपचारिक कार्यक्रम गरेरै बलिदानी दिवस मनाउँदै आएको छ भने प्रदेशभर सार्वजनिक बिदा दिँदै आएको छ । तर, शहीद परिवार र घाइतेको अवस्थामा भने केही परिवर्तन भएको छैन्। प्रदेश सरकारले वर्षमा एक पटक शहीद परिवार तथा घाइतेलाई सम्मान गरे पनि वर्षभरि उनीहरुको सोधपुछ हुँदैन। रौतहटको राजदेवी नगरपालिका– का उपेन्द्रप्रसाद यादवले मधेश आन्दोलनका क्रममा भाइ विद्यानन्द राय यादवलाई गुमाएका थिए । शहीद परिवारलाई एक रोजगारी कार्यक्रम अन्तर्गत प्रदेश सरकारको मन्त्रिपरिषद् को २०७४ साल फागुन ३ गते बसेको पहिलो बैठक र २०७५ साल पुस २९ गते बसेको ३९ औँ बैठकबाट निर्णय भए अनुसार सामाजिक विकास मन्त्रालयमा कार्यालयमा राजकली देवीलाई सहयोगीमा नियुक्त गरिएको थियो तर उनले जागिर पाएनन्।



शहीद विद्यानन्दका दाई उपेन्द्रले पटक–पटक मन्त्रालय धाउँदा पनि जागिर नपाएको गुनासो गरे। उनले भाइ शहीद भएपछि गत वर्ष बलिदानी दिवसको अवसरमा ३ लाख, शहीद भएको समय १० लाख र एउटा भैँसी पाएको बताए । यस्तै, प्रत्येक वर्ष बलिदानी दिवसको दिन २५–२५ हजारको दरले रकम पाएको बताए। सर्लाहीको मंगलवा नगरपालिका–३ का शहीद नागेन्द्र ठाकुरको श्रीमतीले प्रदेश सरकारमा जागिर पाए पनि योग्यता अनुसारको पाएनन्। उनले करारमा जागिर पाएको भन्दै भनिन्, ‘त्यो जागिरको कुनै भरोसा नै छैन, कहिले निकाल्छ थाहा छैन। हामीलाई भाँडा धुन र जुठो धुन मात्र त्यहाँ बस्ने हो?’ मधेश आन्दोलनका क्रममा रौतहटको गौर नगरपालिका–४ का लालबाबु राय कुर्मीलाई गोली लागेको थियो। उनलाई गोली लागेको कैयौँ वर्ष बितिसक्दा पनि पीडा यथावत रहेको छ। शान्तिपूर्ण आन्दोलन गरिरहँदा प्रहरीको गोली लागेर घाइते भएको बताउँदै कुर्मीले भने अधिकारको माग गर्दै आन्दोलन गर्दा प्रहरीले चलाएको गोली लागेर घाइते भएँ।

बाँच्नका लागि बाँचेँ। मुख्यमन्त्रीज्यूले शहीद परिवार तथा घाइतेलाई जागिर दिने भनेका थिए तर अहिलेसम्म आशामै बसेका छौँ।’

Comment


Related News

Latest News

Trending News