अपडेट 
२०७९ माघ ६, शुक्रबार ०८:१२

जनकपुरधाम उप–महानगरपालिकाका मेयर मनोजकुमार साहले मानसिकता परिवर्तन गर्न आग्रह गरेका छन् ।

जनकपुरधामको सरसफाइ सम्बन्धी जनकपुरधाममा आयोजित एक कार्यक्रममा मेयर साहले लैण्डफिल साइटको नामले मात्रै मान्छेमा डरको बातावरण सृजना नगर्न आग्रह गरे । जनकपुरधामको सरसफाइका लागि स्थानीय स्तरबाटै प्रयास थाल्नुपर्ने उनले बताए । फोहर व्यवस्थापन सम्बन्धी जागरुकता नभएका कारण सडकमा फालिने प्रवृत्तिमा ह्रास नआएको उनले बताए । उनले सडकमै फोहर फाल्नु पर्ने परिपाटीका कारण जनकपुरधामको फोहर व्यवस्थापन गर्नु ठूलो चुनौती रहेको बताए । तत्काल जनकपुरधामको वडा ८,९,१०,११ र १४ को हरेक वडावाट ३० जनालाई वेष्ट मेनेजमेन्ट सम्बन्धी तालिम दिनका लागि र उनीहरुलाई प्रशिक्षक प्रशिक्षण दिने जानकारी दिनका लागि बिहीबार आयोजित कार्यक्रममा मेयर साहले लैण्डफिल साइटको नामले डराउनुपर्ने अवस्था नरहे पनि विगतमा बनाइएको मुद्दाले फोहोर व्यवस्थापनमा समस्या थपिएको बताए ।

कार्यक्रममा जनकपुरधाम उप–महानगरपालिकाका उप–मेयर किशोरी साह, पाँच वटै वडाका वडाध्यक्ष, सामाजिक शाखाका प्रमुख सुनिल झा लगायतको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News