अपडेट 
२०७९ माघ ६, शुक्रबार ०८:१५

वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ का दुई वटा सामुदायिक विद्यालयमा वडाध्यक्ष आशुतोष चतुर्वेदीले फर्निचर, स्टेशनरी र खेलकुद सामग्री उपलब्ध गराएका छन्।

वडाध्यक्ष चतुर्वेदीले वडा नम्बर २५ मौजेटोल र खल्वाटोलका गरी दुई वटा विद्यालयमा कुर्सी, डेस्क, बेन्च, खेलकुद सामग्री र स्टेशनरीको सामान उपलब्ध गराएका छन्। वडाध्यक्ष चतुर्वेदीले खेलकुद सामग्री, फर्निचर तथा स्टेशनरीका सामान विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई हस्तान्तरण गरेका छन् । विद्यार्थीको समग्र विकासका लागि वडा कार्यालयको ३ लाख रुपैयाँ बजेटबाट दुईवटा विद्यालयमा उक्त सामग्री हस्तान्तरण गरिएको वडाध्यक्ष चतुर्वेदीले बताए ।

Comment

Related News

Latest News

Trending News