२०७९ माघ ६, शुक्रबार १०:५१

मलेसियाको क्वालालम्पुरबाट नेपाल आउँदै गरेको विमान काठमाडौंमा अवतरण गर्न नसकी फर्किएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि विमान भारतको कोलकाता पुगेको छ ।



नेपाल एयरलाइन्सको आरए-४१६ विमान काठमाडौंको आकाशमा फन्को मारेर अहिले कोलकातामा अवतरण गरेको छ ।

खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि विमान कोलकाता पुगेर अवतरण गरेको हो ।

आज बिहानैदेखि काठमाडौंमा भिजिबिलिटी कम छ ।

Comment


Related News

Latest News

Trending News