अपडेट 
२०७९ माघ ७, शनिबार ०८:१८

बाराको सिमरामा वर्ष २०२३ का लागि चयन भएका सिमरा जेसिजका पदाधिकारीको पदस्थापन कार्यक्रम सम्पन्न सिमरा भएको छ । जेसिजको नवनिर्वाचित अध्यक्ष लक्ष्मण अधिकारीसहित पदाधिकारीको पदस्थापन सम्पन्न भएको हो ।

वर्ष २०२२ का अध्यक्ष पुरुषोत्तम अधिकारीले नवनिर्वाचित अध्यक्ष अधिकारीलाई सपथ खुवाएका थिए । पदस्थापनपछि नवनिर्वाचित अध्यक्ष अधिकारीले कार्यकारिणी उपाध्यक्ष र उपाध्यक्षलाई सपथ ग्रहण गराएका थिए । कार्यकारिणी उपाध्यक्षमा अस्मिता शर्मा र सुशिल पौडेल रहनुभएको छ भने उपाध्यक्षमा रेखा सापकोटा, धिरज पुडासैनी, सुलभ अधिकारी र द्धारिका पौडेल चयन भएका छन् । पदस्थापन कार्यक्रममा अध्यक्ष अधिकारीले अन्य पदाधिकारीसहित संयोजक र अध्यक्ष सल्लाहकार मण्डल नियुक्त गरेका छन् । अध्यक्ष अधिकारीले महासचिवमा रञ्जित सापकोटा, कोषाध्यक्षमा लक्की रिमाललाई चयन गरे । यसैगरी उनले तालिम आयुक्तमा भरत आचार्य, पिभी संयोजकमा राजु चौरसिया, सदस्यवृद्धी संयोजक सिता खत्री, अतिरिक्त क्रियाकलाप संयोजक प्रकाश ढुंगाना, कोषवृद्धि संयोजक उमेश चौलागाईलाई चयन गरेका छन् ।

यस्तै अध्यक्ष सल्लाहकारमा नवराज न्यौपाने, विनोद सापकोटा, हरिशरण अधिकारी, हेमन्त ढुंगेल र शेखर चौधरी नियक्त भएका छन् । पदस्थापन कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारी, जेसिजकी केन्द्रीय कार्यकारिणी उपाध्यक्ष रजनी थापा, जेसिजका पूर्व राष्ट्रिय अध्यक्ष डा. दीपक शाक्य, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारीलगायतले मन्तब्य राखेका थिए ।

Comment


Related News