अपडेट 
२०७९ माघ ७, शनिबार ०८:४३

ट्राफिक व्यवस्थापन हुन नसक्दा जनकपुरधाम उपमहानगरपालिका अस्तव्यस्त बन्न थालेको छ । अव्यवस्थित रुपमा सवार ीसाधन पार्किंगका कारण नगर क्षेत्र अस्तव्यस्त बनेको छ । बजार क्षेत्रमा खुल्ला पार्किङ्ग गर्ने स्थानको अभावमा ट्राफिक व्यवस्थापन हुन नसक्दा समस्या भएको छ । नगर क्षेत्रका मूख्य सडकदेखि मुख्य बजार क्षेत्रका सडकहरुमा अव्यवस्थित सवारीसाधन पार्किङ्ग गर्ने प्रवृति नै हावी भएपछि नगर क्षेत्र नै कुरुप देखिन थालेको छ । पार्किंग स्थलको अभावमा सडकछेउमै एकतर्फ पार्किंगको व्यवस्थापन गरिए पनि सोको पालना नहुँदा नगर क्षेत्रको ट्रापिक अस्त– व्यस्त बन्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय जिरोमाइलका प्रमुख चन्द्रभुषण यादवको गुनासो छ । ट्राफिक व्यबस्थापनका लागि उपमहानगर, नेपाल प्रहरी र ट्राफिक प्रहरीले संयुक्त काम गर्दै आएको भए पनि जनचेतनाको अभावमा सवारी चालकहरुले पार्किङ्ग निषेधित क्षेत्रमा समेत आफ्ना सवारी निर्वाध रुपमा पार्किंग गर्ने गरेकोले जनकपुरधामको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्ने गरेको छ । विषेश गरी प्रादेशिक अस्पताल क्षेत्र, जानकी चोक,जनकचोक,शिवचोक हुँदै भानुचोक सडकखण्ड क्षेत्रलगायतका मुख्य बजार क्षेत्रमा अव्यवस्थित सवारीसाधन पार्किङ्ग गरिदै आएको छ । यतिमात्र होइन नगर क्षेत्र भित्र छाडा चौपाया छाडिएका कारण समेत बजार क्षेत्र एवम् मुख्य सडक क्षेत्रमा सवारी आवगमन समेत प्रभावित हुने गरेको छ । त्यसैगरी बजार क्षेत्र बाहिरका परिक्रमा सडकको पिरारीचोक, रामानन्दचोक, कदमचोक, विद्यापति चोक, बसपार्क, भ्रमरपुराचोक, जनकपुरधाम ढल्केबर सडक खण्डमा जताततै मालबाहक ट्रक, बस, जीप, कार, अटोरिक्सा तथा टेम्पु, मोटरसाइकललगायतका सवार ीसाधन ट्राफिक नियमको उल्लंघन गर्दै पार्किङ्ग हँुदै आएको छ । ट्राफिक प्रहरीले पार्किंग निषेध गरेको स्थानमा नै सवारी धनीहरुले आफ्ना सवारी साधन पार्किंग गर्ने प्रवृति प्रचलन झैं बन्दै गएको छ । त्यसैगरि,सवारी साधान निषेधित क्षेत्रमा यहाँस्थित बैंक तथा व्यापारिक प्रतिष्ठानहरुले सडकलाई नै सवारी पार्किंगको रुपमा प्रयोग गर्न थालेकोले ट्राफिक व्यवस्थापन प्रहरीको लागि ठूलो चुनौती नै बनेको देखिएको छ ।

पार्किंग व्यवस्थापन गर्न सरोकारवाला सक्रिय

मधेश प्रदेशको राजधानी समेत रहेको जनकपुरधामको ट्राफिक समस्या चरममा पुगेको गुनासो आएपछि सरोकारवाला निकायहरु सक्रिय भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय जिरोमाइल र जनकपुरधाम उपमहानगरपालिकाले बजार क्षेत्रमा अस्त व्यस्त बनेको सवारी पार्किंग व्यवस्थापनका लागि सक्रिय भएकोछ । शुक्रबार जनकपुरधाम बजार क्षेत्रमा रहेको अव्यवस्थित पार्किंगलाई व्यवस्थित गर्न अभियान नै चलाइएको ट्राफिक प्रहरी निरीक्षक चन्द्रभुषण यादवले जानकारी दिए । सो क्रममा डेढ दर्जन भन्दा बढी सवारीसाधनलाई नियन्त्रणमा लिएर कारवाही गरिएको छ । सवारी चालकहरुले नो पार्किंगमा सवारी पार्क गरेकोले उनीहरुलाई पाँच सय रुपैयाँ जरिवाना तिराएर सम्झाई– बुझाई शुक्रबारै छाडिएको उनले बताए । जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रहरीहरुको सहयोगमा नियम विपरीत पार्क गरिएका सवारी खास गरी मोटरसाइकलहरुलाई नियन्त्रणमा लिइएको थियो । बजार क्षेत्रको ठाँउ–ठाँउमा पार्किंगको साइन बोर्ड झुण्ड् याइएको भए पनि सवारी चालकहरुले जताततै नो पार्किंगमै सवारी पार्किंग गर्दा ट्राफिक अस्त–व्यस्त बन्ने गरेको छ । रामानन्दचोकदेखि अस्पताल सडक,जानकीचोक हुँदै विद्यापतिचोक तथा जनकचोकदेखि भानुचोक लगायतको विभिन्न भीडभाड हुने सडक खण्डमा सडकको एकातर्फ सवारी पार्किंग गर्नु पर्ने नियम बनाइएको छ तर नियमलाई लत्याउँदै सवारीचालकहरुले मनपरि गर्न थालेपछि कारवाही गर्नु परेको ट्राफिक प्रहरी निरीक्षक यादवले बताए । ट्राफिक नियम उलंघन गर्ने जो सुकैलाई कारवाही गरिने चेतावनी समेत उनले दिए ।

जनशक्ति अभावमा चुनौती

जनशक्तिको अभावको कारण ट्राफिक समस्या समाधान गर्न ठूलो चुनौतीको सामना गर्नु परेको गुनासो ट्राफिक अधिकारीहरुको रहेको जनकपुरधामसहित धनुषा जिल्लाभरिको लागि जम्मा ७० जना ट्राफिक प्रहरी खटिएका छन् । जिल्लाभरको १६ वटा पोष्ट मध्ये अधिकांश ढल्केबर,महेन्द्रनगर,पोर्ताहा गरी राजमार्गमै केन्द्रित भई ३६ जना कर्मचारीहरु खटाइएको छ भने जनकपुरधाम बजार क्षेत्रका लागि ३८ वटा दरबन्दी रहे पनि ३६ जना ट्राफिक प्रहरी कार्यरत रहेका छन् । सो मध्ये जानकी प्रहरी चौकीमा ८,कपेश्वर पोष्टमा ४,मुजेलिया पोष्टमा ७,हनुमाननगर पोष्टमा ४ जना प्रहरी खटेका छन् भने बजार क्षेत्रको लागि थोरै जनशक्ति रहेकोले ट्राफिक व्यवस्थापन गर्न ठूलो चुनौतीको सामना गर्नु परेको गुनासो पोखिएको छ । कार्यालयको सुरक्षा,पिकेटिंग तथा भइपरि आउने आकस्मिक दुर्घटनाको लागि चाहिने काममा पनि जनशक्तिको अभाव खट्किने गरेको अधिकारीहरुको गुनासो छ । जनशक्तिको अभाव जनकपुरधाममा मात्र होइन रौतहटलगायतका प्रदेशका विभिन्न जिल्लामा देखिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी उपरीक्षक सन्तोष भट्टराईले स्वीकार गरे । उनले भने,‘हामीले ट्राफिक व्यवस्थापनमा जनशक्तिको अभाव भएको भन्दै मधेश प्रदेश प्रहरी कार्यालय जकनपुरसंग जनशक्ति पठाउन माग गरेका छौं। र जिल्ला ट्राफिक कार्यालय जनकपुरका प्रमुखज्युले समेत थप जनशक्तिको लागि माग गर्नु भएको छ।’ कम्तिमा ३० जना जनशक्ति उपलब्ध गराइदिनु पर्ने माग गरिएको छ भने ३० जना अधिकारीहरु पथलैयामै तालिममा सहभागी भएको बताउँदै उनले ६० जना जनशक्तिले काम थालेपछि धेरै हद सम्म प्रदेशको ट्राफिक समस्या समाधान हुने विश्वास व्यक्त गरे । जनशक्तिमात्र होइन सवारीलगायतको स्रोतसाधनको समेत अभाव देखिएको छ जसको प्रत्यक्ष प्रभाव ट्राफिक व्यवस्थापनमा पर्ने गरेको छ ।

एक महिना भित्रै पार्किंग स्थल सञ्चालन गरिनेःमेयर साह

उपमहानगरपालिका क्षेत्र भित्रको अस्त–व्यस्त ट्राफिक व्यवस्थापनको समस्या समाधान गर्न विकल्पको तयारी भइसकेको र एक महिना भित्रै अस्पतालक्षेत्र,जानकी मन्दिर क्षेत्रलगायतमा हुने सडक छेउको पार्किंग सवारीको चापलाई न्युनीकरणको लागि वार्ड नम्बर ८ दशरथ तलाउ नजिक पार्किंग स्थल निर्माण अन्तिम चरणमा पुगेको मेयर मनोज कुमार साहले जानकारी दिए । १४ कठ्ठा जग्गामा पर्खाल लगाउने र माटो भर्ने कार्य सुरु भइसकेको र एक महिना भित्रै सो पार्किंग स्थल निर्माण भएपछि धेरै हद सम्म अस्पताल तथा जानकी मन्दिर क्षेत्रमा देखिने गरेको ट्राफिक समस्या समाधान हुने विश्वास समेत उनले व्यक्त गरे । ५० लाख बजेट विनियोजन गरी उपभोक्ता समिति मार्फत उपमहानगरपालिकाले पार्किंग स्थल निर्माण गरिरहेको जानकारी दिइएको छ । यता छाडा चौपाया नियन्त्रणका लागि समेत अभियान सञ्चालनमै रहेको जानकारी दिँदै मेयर साहले भने,‘ जनकपुरधाम उपमहानगरपालिकाले गोशाला निर्माण गर्न थालेपछि गाईधनीहरु सचेत भएको देखिएका छन् र निर्माण कार्य अन्तिम चरणमा छ त्यसैले अब छिट्टै छाडा गाईको समस्या समाधान हुनेछ

Comment


Related News