अपडेट 
२०७९ माघ ७, शनिबार ०८:५०

राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गको निर्माण कार्य कछुवाको गतिमा भइरहेको जनगुनासो बढेपछि जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल सिंहले हुलाकी राजमार्गको अनुगमन गरेका छन् ।

जिल्ला समन्वय समिति सर्लाहीका उपप्रमुख जितेन्द्र कुशवाहा, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम सहित ३ तहका सुरक्षा प्रमुख लगायत नागरिक समाजका अगुवा शिवचन्द्र चौधरी, संचारकर्मी सहितका टोलीले हुलाकी राजमार्ग निर्माण कार्यको शुक्रबार स्थलगत अनुगमन गरेका छन् । गएको मंसिरमा भएको सर्वदलीय बैठकमा ठेकेदार कम्पनीका संचालक चन्द्रिका साहले राजमार्गको निर्माण कार्य किन ढिलाई भईरहेको छ, भन्ने प्रश्नको जवाफमा ठेकेदार साहले साईट क्लियर नभएका कारण सडक बनाउन नसकेको बताएपछि प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले सोही बैठकमा सम्बन्धित पालिका प्रमुख तथा सरोकारवालाहरुलाई साता दिन भित्रमा हुलाकी राजमार्गमा मापदण्ड विपरीत बनाईएको अवैध संरचनाहरु खाली गराउन निर्देशन दिएका थिए ।

सर्लाही जिल्लाको पश्चिममा पर्ने पर्सा गाँउपालिका देखि ब्रह्म्पुरी गाँउपालिका हुँदै मलंगवा नगरपालिका देखि पुर्वमा कौडेना गाँउपालिका तथा गोडैता नगरपालिका सम्मको अवैध संरचना हटाएको महिना दिन बित्न लाग्दा समेत राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गको निर्माण कार्यमा विभिन्न बहाना झिकि ठेकेदार कम्पनीले ढिलाई गर्न थालेपछि जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल सिंह सहितका टोली हुलाकी राजमार्ग निर्माण स्थलको अनुगमन गरी ठेकेदार चन्द्रिका साहलाई बैशाख मसान्त भित्रमा निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएको हो । मधेश प्रदेश भरिमा हुलाकी सडकको निर्माण कार्य सके पनि सर्लाहीमा वर्षौ देखि हुलाकी सडकको निर्माण कार्य अलपत्र परेपछि यहाँका जनता निरास भएका छन् । वर्षा याममा हिलाम्मे र सुख्खा याममा ढुलाम्मे सडकका कारण यहाका जनता सास्ती भोग्दै आएको छ ।

राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्ग निर्माणमा केन्द्र सरकार प्रदेश सरकार र स्थानीय सरकार ३ तहका सरकारले समेत उदासिनता देखाएको आम जनताको आरोप छ । कयौ दशक देखि बन्दै आएको हुलाकी सडक निर्माण भएको देख्ने ईच्छा अब हराउन थालेको हो, स्थानीयहरु दुखेसो पोखेका छन ।

Comment

Related News

Latest News

Trending News