
जनकपुरधामको एकै परिवारका दुई युवाको भारतमा अपहरण पछि हत्या भएको छ ।
करिव १३ दिन अगाडि देखि सम्पर्क विहिन भएका जनकपुरधाम उपमहानगरपालिका वडा नं ८ का पृथ्वी साहको नाती जगदिश साहका छोरा वर्ष २१ को रोहित साह र वडा नं. १३ निवासी रामकिशोर साहको नाती रामबाबु साहको छोरा वर्ष २२ को बिष्णु साहको हत्या भएको हो ।
रोहित बिष्णुलाई लिएर भारतको सितामढी जिल्लाको बेला परिहार बस्ने एक आफनो नातेदारको घर गएका थिए । त्यसपछि गत सोमवार सम्म फिरौतीको मांग सहित भारतिय नम्वरवाट फोन आइरहेको थियो । सुरुमा २० लाख मागेको अपहरणकारी बिष्णुसंग कुरा नगराएपनि उनको आवाज रेर्कड गरेर उनका आफन्तलाई सुनाउने गरेका थिए ।
बिष्णुको परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भएपछि अपहरणकारीले ५० लाखको मांग गरेको बिष्णुका बाजे रामकिशोर साहले बताए । त्यसपछि अपहरणकारी २० लाख लिएर सर्लाही मलंगवा नाका नजिकमा बोलाएका थिए सो कुरा बिष्णुका परिवारले प्रहरीलाई जानकारी समेत गराईसकेका थिए । तर गत मंगलवार देखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोड्यो ।
भारतिय प्रहरीले भारतको सोहि क्षेत्रमा दुईवटा शव भेटेपछि आइतवार विहान मृतक युवाका आफन्तलाई खवर गरिएपछि परिवारजन शोकमा डुवेको छ ।
शव अहिले भारतको बेला परिहार पर्सा स्थित प्रहरी चौकीमा राखिएको र नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको छ । मृतका परिवारजन संगै शव पहिचानका लागि घटना स्थलमा पुगेका मृतकका छिमेकी तथा सञ्चारकर्मी किशन साहले मृतकका परिवारजनले शव चिनेको र नेपाल ल्याउने तयारी भइरहेको घटनास्थलबाट बताएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरिक्षक प्रदिप बहादुर क्षेत्रीले पनि भारताम भेटिएको शव तिनै दुईजना युवाहरुको रहेको बताएका छन् ।
घटनाको आधिकारीक जानकारी आउन बाँकी रहेको छ ।