अपडेट 
२०७९ माघ ८, आईतवार १७:४२

पूर्वराष्ट्रपति डा रामवरण यादवले मुलुकमा राम्रो संविधान बनेपनि राजनीतिक स्थिरता पाउन नसकेको बताउनुभएको छ ।

मीनकुमारी राणा प्रतिष्ठानले आइतबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा यादवले मुलुकको संविधान बनाउन आफुले पनि राम्रो भूमिका निर्वाह गरेको र संविधान राम्रै बनेपनि राजनीतिक स्थिरता पाउन नसकेको बताउनभुएको हो । उहाले अझैपनि जनतालाई आड भरोसा र विश्वास दिलाउन नसकिएको धारणा पनि राख्नुभयो । उहाले असल छोराले मात्रै आफ्ना बाबुआमालाई सधैँ जीवन्त राख्ने र सम्झने गरी कार्यक्रम गर्ने बताउनुभयो । उहाले समाजलाई राम्रो योगदान दिनहरुलाई सदैव सम्झनुपर्नेपनि बताउनुभयो ।

पूर्वराष्ट्रपति यावदले प्रतिष्ठानले प्रदान गरेको मीनकुमारी स्मृति पुरस्कारबाट जनही रु ५१ हजारसहित वरिष्ट साहित्यकार धु्रवचन्द्र गौतम, वरिष्ट पत्रकार हरिहर विरही, प्रजातन्त्र सेनानी माथवरसिंह बस्नेत र वरिष्ठ बक्सिङ्ग प्रशिक्षक मदनकुमार गुरुङलाई पुरस्कार एवं सम्मान प्रदान गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष कविर राणाले बैङ्कोटेश्वर गुरुकूल विद्यालयलाई छात्रवृत्ति कोष स्थापना गर्न रु ५१ हजार हस्तान्तरण गर्नुभयो ।

Comment

Related News