अपडेट 
२०७९ माघ ९, सोमबार ०७:१२

मधेश प्रदेशका दुई जना स्वतन्त्र सांसद जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन् ।

प्रदेश सांसद सुरिता साह र प्रमोद जैसवाल जसपामा प्रवेश गरेका हुन् । सुरिता महोत्तरी निर्वाचन क्षेत्र नं २ को (ख)बाट निर्वाचित छिन् । प्रमोद पर्सा निर्वाचन क्षेत्र नम्बर ३ (क) बाट निर्वाचित भएका हुन् । उनीहरुलाई आइतबार जसपाको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गराए । सुरिता यसअघि २०७४ सालमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट सोही निर्वाचन क्षेत्रमा जितेकी थिइन् । पछि जसपा टुक्रिदा उनी महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजिन् । तर लोसपाले गठबन्धनका कारण उनलाई टिकट दिन अस्वीकार गरेपछि स्वतन्त्र उम्मेदवार बनेर जितेकी हुन् ।मधेश प्रदेशमा स्वतन्त्र उम्मेदवारी दिएर जित्ने उनी एकमात्र महिला हुन् । चुनावमा उनी ५ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नागेश्वर यादवलाई पराजित गरिन् ।

मधेश प्रदेशमा १६ स्थान प्राप्त गरेको जसपामा अब १८ सांसद भएको छ । जसपा मधेश प्रदेशमा तेश्रो दल भएर सरकारको नेतृत्व गरिरहेको छ । मधेश प्रदेशमा ६ जना स्वतन्त्र सांसद निर्वाचित भएका थिए । ती मध्ये १ जना एमालेमा, १ जना माओवादी केन्द्रमा र २ जना जसपामा प्रवेश गरेका छन् । सप्तरी जिल्लाबाट स्वतन्त्र उम्मेदवार भएर निर्वाचित भएका अनिरुद्ध प्रसाद सिंह यादव पनि जसपामा नै प्रवेश गर्ने बलियो संभावना रहेको छ ।

Comment

Related News

Latest News

Trending News