अपडेट 
२०७९ माघ ९, सोमबार ०७:४१

रौतहटको मध्य भाग गरूडामा रहेको बंशीराम अनाथालयका बालबालिकालाई न्यानो कम्बल प्रदान गरिएको छ ।

रोट्रैक्ट क्लव अफ बिरगंजका सक्रिय समाजसेवी युवाहरूले आइतबार एक कार्यक्रमबीच अनाथालयमा कम्बल हस्तान्तरण गरेका छन् । अनाथालयका ३३ जना बालबालिकाहरूलाई एक एक थान न्यानो कम्बल अनुदान स्वरूप प्रदान गरिएको छ । अनाथालय कार्यसमितिको महिला सदस्य अनिता कर्ण, स्थानीय युवा व्यापारी श्याम दासको रोहबरमा युवा समाजसेवी शैलेश जयसवालले अनाथालयका संस्थापक वंशीराम जयसवाल (बाबा) लाई कम्बल हस्तान्तरण गरेका थिए ।

चिसोलाई मध्यनजर गरी न्यानो कम्बल उपलब्ध गराएको क्लबका युवालाई अनाथालय परिवारले धन्यवाद दिएको छ । अनाथ, टुहुरालाई आश्रय दिँदै आएको गरूडाको वंशीराम जयसवाल अनाथालय विभिन्न दाताको सहयोग र अनुदानमा अनाथालय बालबालिकाको भरोसा बन्दै आएको छ । हाल दर्जनौं बालबालिकाले आश्रय लिँदै आएको अनाथालय बेलाबेलामा हुँदै आएको यस्तै सहयोगले सञ्चालन भइरहेको छ ।

Comment

Related News

Latest News

Trending News