अपडेट 
२०७९ माघ ९, सोमबार ०७:४६

नेपालको संविधान २०७२ जारी भए पश्चापतका विगत साढे सात वर्षमा अधिकांश समयसम्मा नेपालका बामपन्थीहरुले नै सरकारको नेतृत्व‍ गर्ने अवसर प्राप्त गरेका छन् । नेकपा एमालेका अध्य क्ष के.पी.शर्मा ओली, यस अवधिमा दुई पटक र नेकपा माओवादी केन्द्रनका अध्यक्ष पुष्पकमल दाहालले दुईपटक प्रधानमन्त्री बन्नेश अवसर प्राप्त गरे । नेपाली राजनीतिमा, शासन सत्तामा र नीति निर्माणको तहमा बामपन्थीहरुको निर्णायक र महत्वपूर्ण भुमिका रहेको भए पनि देशमा रोजगारी सृजना गर्ने क्षेत्रमा यसले खासै योगदान पुर्यामउन सकेको छैन । आफुलाई गरीब, मजदुर र सर्बहारा वर्गको भलो चिताउनेको रुपमा दावी गर्ने कम्युनिष्टहरुले देशका युवा शक्तिको श्रमको पहिचान र मुल्याङ्कन गर्न सकेन । वर्षेनि हजारौँको संख्यामा वैदेशिक रोजगारमा जान बाध्य भएका युवाहरुको पलायनलाई रोकी तिनलाई देशमै रोजगार दिने दिशामा ठोस र सार्थक पाईला चाल्न नेपालका कम्युनिष्ट सरकारहरु असफल रहेको मान्नुिपर्दछ । बैदेशिक रोजगारमा जाने नेपाली युवाहरुको संख्यामा दिनानुदिन बढ्दोन छ । हाल अस्तिबत्वमा आएको बामपन्थी नेतृत्वको सरकारले पनि बैदेशिक रोजगारमा जान लागेको नेपाली युवाहरुलाई देश भित्रै जागिर उपलब्ध गराउने र नेपाली श्रम सम्पदाको सदुपयोग देश भित्रै गरी मुलुकको अर्थतन्त्रलाई बलियो बनाउने खालको नीति कार्यक्रम ल्याउने काम गरेको देखिएन, नेकपा माओवादी केन्द्रर्का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार अस्तित्वमा आएपछि यसमा कमी आउनु पर्नेमा झन बैदेशिक रोजगारमा जानेको संख्यामा बृद्धि नै भईरहेको छ । नयाँ सरकारले पनि देशभित्रै रोजगार सृजना गर्ने भन्नो विश्वाबस देशका युवाहरुमा रहेको छैन । लाखौँ युवाहरु आफ्नो मातृभुमि नेपाललाई छाँडेर बैदेशिकरोजगारमा खाडिका राष्ट्रहरु जान बाध्य छन् । आफ्नो घर, घडेरी र जग्गा बेचेर तथा नभए उच्चि ब्याज दरमा पैसा सापटी लिएर पनि यी नेपाली युवाहरु विदेश जान बाध्य भएका हुन् । बस्तुत खाडी मुलुकमा गएका युवाहरु आफ्नो रगत तथा पसिना बगाएर येन केन प्रकारेण ज्यानलाई जोखिममा पारी कष्ट पुर्ण कार्य गरिरहेका हुन्छन् । आफ्नो धर्म, संस्कृति, मुल्य मान्यता एंव परम्परा विपरीत अरब राष्ट्रहरुमा निकै कठोर इस्लाकमिक कानूनको भयमा बसीराख्नुप पर्ने अवस्था पनि हुन्छ । कतिपय अवस्थामा ति देशहरुको कठोर इश्लाीमिक कानूनको पालन कार्यमा समस्या भएका कारण कठोर भौतिक सजाय समेत भोग्नु पर्ने अवस्थामा उत्पन्न‍ भएको उद्धाहरण पनि छन् । केही नेपालीले मृत्यु दण्ड पाएका समाचार पनि चर्चामा न आएको होईन । केहीले बर्षौसम्म ति देशहरुको जेलमा यातना सहनु परेको त केहीले मृत्युदण्डहको सजाय पाएका कारण त्यसबाट जोगिन स्व देश र विदेशमा रहेका देशवासीको सहयोग मार्फत ‘ब्लड मनि’ को रुपमा मोटो रकम चुक्ता गरी रिहा हुने बर्बाद नै भइसकेको अवस्था पनि आएको देखियो । घरमा बृद्ध आमा–बुआ श्रीमती, साना–साना बाल बच्चारहरु त कतिपय युवाले नवविवाहिता जिवनसङ्गिनीलाई समेत घरमा छाडी बैदेशिक रोजगारमा जानु पर्ने अवस्था रही आएको छ । सापट लिएको पैसा चुक्ता गर्नमा र घर परिवारको खर्च ब्यवहारको जोहो गर्नमा नै कतिपय युवालाई सात–आठ वर्ष सम्मा विदेश मै काम गर्नुपर्ने अनिवार्य अवस्था रहेको हुन्छ ।

यसमा कतिपय युवाको परिवारिक जीवन अथवा वैवाहिक जीवन नैतहनहस र समाप्त भएकोमा उद्धाहरण पनि छन् । देशका प्रायः सबै जसो जिल्लाका जिल्लाण प्रशासन कार्यालयहरुमा बैदेशिक रोजगारमा गएका युवाहरुले आफ्नी श्रीमती विरुद्ध निवेदन दिएको उदाहरण सजिलै पाउन सकिन्छ । केहीको श्रीमतीले अर्को युवकसंग विहे गरेको अथवा बैदेशिक रोजगारमा गएका श्रीमानसित बस्नछ नचाहेको निवेदन पनि दर्ता भएको पाइन्छ । गाउँमा बस्दा बेरोजगारीका कारण घरको खर्च जुटाउन नसकी दिनहु श्रीमान–श्रीमतीवीच मारपिट र झै–झगडा हुने तनावपुर्ण अवस्था रहने र आर्थिक अभावमा आत्महत्या समेत गर्न सक्ने अवस्था सृजना हुने दःखद अवस्थामा एकातिर रहेको पाइन्छ भनि अर्कोतिर बैदेशिक रोजगारमा जाँदा वैवाहिक सम्बन्ध नै प्रभावित हुने अवस्थावीच नेपालका लाखौँ युवाको भविष्य अन्यौलमा रहेको पाइन्छ । आफ्नो दैनियआर्थिक अवस्थामा कारण बाध्य भएर बैदेशिक रोजगारमा गएका युवाहरुले त्यहाँ गर्ने गरेको जोखिमपूर्ण एंव कठीन कार्यका कारण ज्यान गुमाउन पुगेकोहरुको संख्या सयकडौ होईन, हजारौँमा रहेका छन् । घाइते भई जीवन भरिका निम्ति अपाङ्ग हुन पुगेको युवाहरु पनि लाखौँमा छन् । बैदिशक रोजगारमा गएकी सैयकडौँ महिलाले यौन शोषणको सामना गर्नुपर्ने र अवैध गर्भ बोकी आफुले पहिचान पनि गर्न नसकेको पुरुषको अवैध सन्तानलाई जीवन भरिको निम्ति पालन पोषण गर्न बाध्य भएका हुन्छन । संभवत देशमै गाँस, बास र कपासको अवस्थामा भईदिएको भए यस्तो अवस्थामा नै आउने थिएन । युवा शक्तिको पलायन भइरहेको देशमा औद्योगिक विकास हुन सक्नपदै। युवाशक्ति नै कुनै पनि देशको भविष्य हुने गर्दछ । नेपाली श्रमिकहरु नै विदेश गएर ति देशहरुमा काम गरी ति देशको अर्थतन्त्रलाई बलियो बनाएका छन् । नेपालका कलकारखानाहरु अपेक्षित रुपमा प्रगति गर्न नसक्नुको एउटा प्रमुख कारण युवा र श्रम शक्तिको पलायन हुन पनि हो । एक किसिमले हाम्रो देशका श्रमशक्ति अथवा युवा शक्तकिको विक्री गरेर रेमिटान्स कमाउने काम भइरहेको छ, भन्नुशपर्दा अतिश्योक्ति नहोला। रेमिटान्सले देशको अर्थतन्त्र चल्नुलाई सम्मान अथवा गौरवको विषय कसरी मान्न सकिन्छ ? नेपालमा विगत तीन दशकको अवधिमा देशको नीति निर्माणको तह देखी लिएर कर्मचारीतन्त्रमा समेत ने.क.पा. एमाले र बामपन्थी् चिन्तन भएकाहरुको संख्या तिव्र गतिमा बढदो छ ।

प्रायः– जसो महत्वपुर्ण एंव निर्णायक ठाउँमा आफ्नो पार्टिका मान्छेलाई र नातेदरलाई तैनात गर्ने मानसिकता एमाले लगायतका बामपन्थीहरुमाबढी रहेको पाइन्छ ।नेपालमा कलकरखानाहरु ठप्पा हुनुको एउटा प्रमुख कारण बामपन्थी दलका मजदुर संगठनहरुको निरन्तरको बन्द, हडताल र अनावश्यमक शर्तहरु हो । अन्तरार्ष्टिट्रसयभातृत्वाको नारामा विश्वाखस गर्ने (विश्व का गरीब र मजदुरहरु एक होउ) कम्युनिष्ट पार्टिले नेपालमा राष्ट्रवादको नारा दिनु स्व्यमा विडम्बना हो, हास्यास्परद हो । विगतका केही दशकमा श्रीलका तिर पनि उग्र राष्ट्रवादको चर्को नारा दिइएको थियो । देश आर्थिक रुपले कङाल भई दिवालिया घोषित भइसकेको छ । पाकिस्तानमा पनि उग्र राष्ट्रवादको नाराका पछाडी जनता कुदेका थिए कि आज द्दण् किलो पिठोको एउटा बोरा लिन हजारौ मान्छे एक आपसमा तँछाड–महाड गरी रहेका छन् । भोकमरीको अवस्था छ । नेपालमा पनि कम्युनिष्टहरुले राष्ट्रकवादकै पाठ पढाइरहेका हुन् । हाम्रो अवस्था पनि खासै उत्साहजनक छैन । छ किलो आटाको द्धण्ण् रुपैया भइसेकको अवस्था छ । वचनबदध्ता, प्रतिवद्धता रनारा मात्रले देश चल्नेट होईन, त्यसको निम्ति काम गर्नुपर्छ । कम्युनिष्ट सरकारले जनताको हितमा काम गरेर देखाउनु पर्यो ।युवा पलायनलाई रोक्नु पर्यो ।

Comment


Related News

Latest News

Trending News